शुक्रबार, वैशाख १४, २०८१

दाहालले दिल्लीमा को-कोलार्इ भेटे ?   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 नयाँ दिल्ली- भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न विशिष्ट व्यक्तिहरुलार्इ भेट गरेका छन्। 

प्रचण्डले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक बृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो। त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ। सीमा क्षेत्रमा भन्सारहरुको स्तरोन्नतीको बिषयमा पनि चर्चा भएको थियो।

विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता

अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता भएको छ। भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयास बारे कुराकानी भएको जनाइएको छ।

भारत सरकारका गृहमन्त्री सिंहबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको थियो। भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने छलफल भएको थियो।

भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। 

प्रचण्डले शुक्रबार बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाए।

भारतीय काँग्रेसका नेता मनमोहन सिंहसँग भेटवार्ता

भारतीय काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग पनि शनिबार दिउँसो भेटवार्ता भएको थियो। भेटमा मनमोहन सिंह प्रधानमन्त्री भएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गरेका थिए।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माण तिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गरे। सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने उनले विश्वास दिलाए।

भारतीय राष्ट्रिय सल्लाहकारबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहिवार साँझ भेटवार्ता भएको थियो। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको जनाइएको छ।

तस्बिर सौजन्य: दाहालको सचिवालय
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।