शुक्रबार, वैशाख १४, २०८१

एनसिसि बैंकका सञ्‍चालक धितालले दिए राजिनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- एनसिसि बैंक लिमिटेडका सञ्चालक विष्णुप्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको जिकिर गरेका छन्। त्यसकारण आफूले एनसिसि बैंक लिमिटेडको सञ्चालकबाट राजिनामा दिएको बताए।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै धितालले एनसिसि बैंकका संस्थापकद्वय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफुलाई फसाएको आरोप लगाए। 

‘मलाई एनसिसि बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाईयो, मेरा बारेमा जति पनि समाचार आए ती सबै सूचनाहरु एकतर्फी थिए,’ उनले भने ‘मलाई चार महिनाको अन्तरालमा विभिन्न झुठा मुद्दा लगाएर सक्त दुःख दिने काम गरियो।’

‘बोर्डको बैठकबाटै मलाई अनुसन्धानको नाममा चार महिना जेलमा राख्ने काम भयो,’ उनले भने । रारा विकास बैंक, रोयल मर्जेन्ट फाईनान्स र अपि फाईनान्सबीचको मर्जरपछि बनेको एनसिसि बैंक मिलेर एपेक्स डेभलपमेन्ट बैंक निर्माण भएको बताउँदै धितालले आफूलाई षड्यन्त्रपूर्वक फसाईएको दावी गरे।

०५४ सालदेखि विद्युतीय सफा टेम्पु सञ्चालन गरेर बैंकमा सुरक्षित लगानी गर्नुपर्छ भन्ने मान्यताकासाथ आफू बैंकमा आकर्षित बनेको समेत बताए। ‘०६१ सालमा रारा विकास बैंक स्थापना हुँदा २५ लाख लगानी गरेको थिएँ, त्यसपछि विस्तारै बैंक मर्जर हुनेसम्म पुगियो, एनसिसिका संस्थापक सञ्चालकहरु जितबहादुर श्रेष्ठ र लक्ष्मिबहादुर श्रेष्ठले बैंक मर्जर गराएको झोंकमा राष्ट्र बैंक र सरकारका केही व्यक्तिहरुलाई गलत प्रभावमा पारि मलाई फसाएका हुन्,’ उनले भने ‘आजकै मितिबाट सञ्चालकमा नरहने गरी राजिनामा दिएको जानकारी गराउँदछु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्