शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खर्च धान्न सकिएन भन्दै महानगरले बन्द गर्‍यो आइसोलेसन सेन्टर

खर्च धान्न सकिएन भन्दै महानगरले बन्द गर्‍यो आइसोलेसन सेन्टर

कोेरोना संक्रमण तेस्रो लहरको जोखिम बढिरहेको र दिनानुदिन संक्रमितको संख्या उकालोे लागिरहँदा काठमाडौं महानगरपालिकाले भने आइसोलेसन सेन्टर बन्द गर्ने निर्णय गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– कोेरोना संक्रमण तेस्रो लहरको जोखिम बढिरहेको र दिनानुदिन संक्रमितको संख्या उकालोे लागिरहँदा काठमाडौं महानगरपालिकाले भने आइसोलेसन सेन्टर बन्द गर्ने निर्णय गरेको छ। 

triton college

महानगरको गत बुधबार बसेको ६७ औं कार्यपालिका बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालयमा सञ्चालित आइसोलेसन सेन्टरको सेवा साउन मसान्तदेखि स्थगन गर्ने निर्णय गरेको थियो।

महामारीकोे तेस्रो लहर चलिरहँदा आइसोेलेसन सेन्टर खोल्नुपर्ने तथा चालु राखिरहनुपर्नेमा महानगरले भने बन्द गर्ने निर्णय गरेको हो। महानगरले नरदेवी आयुर्वेदिक चिकित्सालयमा सञ्चालित आइसोलेसन सेन्टर मात्रै नभई क्षेत्रपाटी निःशुल्क चिकित्सालयको व्यवस्थापनमा सञ्चालित कोभिड विशेष अस्पताल पनि संक्रमित बिरामीको चाप हेरेर बन्द गर्ने निर्णय गरेको छ।

यसैगरी महानगरले राधास्वामी आइसोलेसन सेन्टरलाई भने हाल कायम जनशक्तिमध्ये एक तिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको छ। यस्तो अवस्थामा संक्रमित सबैलाई आइसोलेसन तथा अस्पताल आवश्यक पर्न सक्छ। तर महानगरपालिकाले तेस्रोे लहरकोे जोेखिम थाहा हुँदाहुँदै आइसोलेसन सेन्टर बन्द गर्ने अनौठो निर्णय गरेको हो।

corrent noodles
Metro Mart

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आइसोलेसन सेन्टरमा आउने संंक्रमितको संख्या घटेको र महानगरकोे खर्चमात्रै बढेकाले बन्द गरिएको बताइन्। ‘आइसोलेसन सेन्टरमा महानगरको धेरै खर्च भइसकेको छ, अहिले संक्रमितको संख्या पनि छैन। किन बिना काम खर्च बढाउनु भनेर आइसोलेसन सेन्टर बन्द गरिएको हो,’ खड्गीले भनिन्।

उनले हाल आइसोलेसन सेन्टरमा संक्रमित नभएकाले सेवा स्थगित गर्नुपरेको जानकारी दिइन्। संक्रमितको संख्या बढ्दैै गएपछि आवश्यक परे महानगरले बन्द गरेका आइसोलेसन सेन्टर प्रयोेगमा ल्याउने उनी बताउँछिन्।

संक्रमितको स्याहारसुसार, खाना–पानी, स्वास्थ्योपचार खर्च सबै महानगरले व्यहोरेकाले आइसोलेसन सेन्टरकोे व्यवस्थापनमा धेरै खर्च भइसकेकाले कार्यपालिकाले यस्तो निर्णय गरेको उनको तर्क छ।

यद्यपि उनी आइसोलेसन सेन्टर बन्द गराउनुको सबै दोष महानगर प्रमुख विद्यासुन्दर शाक्यमाथि थोपर्न चाहन्छिन्। ‘महानगर प्रमुखको सहमतिमा संक्रमित नभई बिना कारण महानगरको खर्च नबढाउने भन्ने भनाइलाई मैले समर्थन गरेकी हुँ। आवश्यकताका आधारमा सञ्चालन गर्ने भनेर मात्रै बन्द गरिएका हुन्।’

कोरोना संक्रमितको संख्या बढिरहेकै बेला र आइसोलेसन सेन्टरमै संक्रमित रहेको बेला महानगरले बन्द गरेको होे। महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले आइसोेलेसन सेन्टरमा आउने संक्रमितकोे संख्या घटेकाले आइसोलेसन सेन्टर सेवा स्थगित गरिएको बताए।

‘आवश्यकता अनुसार सेवा सुरु गर्ने भनेर आइसोलेसन बन्द गरेका हौं, संक्रमितको संख्या बढे सञ्चालनमा ल्याउँछौं,’ कुँवरले भने। उनका अनुसार अहिले अधिकांश संक्रमित ओम आइसोलेसनमा बसिरहेका छन्।

महानगरले नरदेवी, क्षेत्रपाटी र राधास्वामी गरी तीन स्थानमा आइसोलेसन सेन्टर स्थापना गरेकोे थियो। राधास्वामी बाहेक अन्य आइसोलेसन सेन्टर महानगरले पूर्ण रुपमा बन्द गरेको छ।

स्वास्थ्य सेवा विभाग प्रमख कुँवरका अनुसार राधास्वामी आइसोलेसन सेन्टरमा अक्सिजनसहितका ८८ बेड र जनरल ९६ गरी १८४ बेड छन्। 

त्यस्तै नरदेवी आयुर्वेदिक चिकित्सालयमा अक्सिजनसहितका ५० र जनरल ५० गरी १०० र क्षेत्रपाटीमा अक्सिजनसहित ३५ बेडको व्यवस्था गरिएको छ। क्षेत्रपाटीमा आवश्यक परे ५० बेडसम्म राख्न सकिने व्यवस्था रहेको छ।

महानगरले तीनवटा आइसोलेसन सेन्टर सञ्चालनमा हालसम्म ३ करोड ८ लाख ९२ हजार ६६४ रुपैयाँ खर्च गरिसकेको जनाएको छ । त्यसबाहेक थप २ करोड ९४ लाख ७ हजार एक सय ७१ रुपैयाँ भुक्तानी दिने निर्णय पनि गरिएको छ।

राधास्वामी आइसोलेसन सेन्टरको सम्झौताअनुसार भुक्तानी हुन बाँकी भनिएको ३ करोड ३ लाख १० हजार रुपैयाँ भने बिलका आधारमा भुक्तानी गरिने भएको छ।

महानगरले गत वैशाख ३१ मा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको व्यवस्थापनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न सम्झौता गरेको थियो ।

अस्पताललाई मासिक ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँका दरले तीन महिनाको १ करोड ४४ लाख ४९ हजार ९ सय ७१ रुपैयाँ भुक्तानी दिने महानगरको कार्यपालिका बैठकले निर्णय गरेका थियो।

महानगरले नरदेवी आयुर्वेदिक चिकित्सालयसँग गत वैशाख २७ मा सम्झौता गरेको थियो । नरदेवीमा सञ्चालित अक्सिजनसहितको आइसोलेसन सेन्टरलाई पेस्कीबापत १ करोड ८ लाख ९२ हजार ६ सय ६४ रुपैयाँ दिइसकिएको छ । थप ६४ लाख ९७ हजार २ सय रुपैयाँ भुक्तानी दिने पनि निर्णय गरेको छ।

कोरोेना भाइरसका सक्रिय संक्रमितमध्ये २५ प्रतिशत काठमाडौं महानगरपालिकाभित्र रहेकोे स्वास्थ्य विभाग प्रमुख कुँवरले जानकारी दिए। महानगरपालिकाभित्र भएका अस्पतालमा बेड खाली रहेको र आइसोलेसन सेन्टरमा आउने संक्रमितको संख्या घटेपछि आइसोलेसन सेवा स्थगित गरिएको उनको तर्क छ।


प्रकाशित: Aug 09, 2021| 16:11 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।