शुक्रबार, वैशाख १४, २०८१

सेनानी सम्मान चक्र बाँस्तोलालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- जननायक बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको सेनानी सम्मान कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई प्रदान गर्ने भएको छ।

करिब पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बाँस्तोलालाई प्रजातन्त्र स्थापनाको  संघर्षमा महत्वपूर्ण योगदान दिएवापत उक्त सम्मान दिइन लागेको हो । पुरस्कारको राशी ५० हजार रुपैयाँ छ। 

हरेक वर्ष बीपी जयन्तीका अवसरमा ट्रस्टले बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। एक लाख एक हजार राशीसहितको बीपी साहित्य सम्मान पुरस्कार भने यस वर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई दिने निर्णय भएको छ।

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा सदस्यहरू डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरिएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए।

दुवै पुरस्कार बीपी जयन्तीको अवसरमा २२ भदौमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रदान गर्नेछन्।

यसअघि ०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशमशेर थापा र सेनानी सम्मान नुतन थपलियालाई तथा ०७२ सालको साहित्यकार गोपाल पराजुली र सेनानी तारानाथ कोइरालालाई प्रदान गरिएको थियो।

२०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुंगाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई तथा गत वर्ष साहित्यतर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।