बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निलम कार्कीको 'योगमाया' लार्इ मदन पुरस्कार र शान्तदासलार्इ जगदम्बाश्री 

निलम कार्कीको 'योगमाया' लार्इ मदन पुरस्कार र शान्तदासलार्इ जगदम्बाश्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मदन पुरस्कार गुठीले ०७४ सालको मदन पुरस्कार साहित्यकार निलम कार्कीको उपन्यास 'योगमाया' लार्इ प्रदान गर्ने भएको छ। यस्तै, जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलार्इ प्रदान गर्ने निर्णय गरेको छ। 

गुठीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्यलगायत विविध क्षेत्रमा विशेष योगदान दिएवापत प्रदान गरिन्छ। शान्तदास मानन्धर विकास, विस्तार र प्रबर्द्धनमा पाँच दशकदेखि सक्रिय व्यक्तित्व हुन् ।

२०७४ को मदन पुरस्कारका लागि निहारिकाको योगमायासहित उपन्यासहरू सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, ध्रुवसत्य परियारको कथा संग्रह कैरन तथा गैरआख्यान कृतिहरू मोहन वैद्यको हिमाली दर्शन, नयनराज पाण्डेको यार, यज्ञशको भुइँया र राज माङ्लाकको कविता संग्रह लिम्बुनी गाउँ छनोट भएका थिए।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक ०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने ०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बाश्री पुरस्कार घोषणा गर्न थालिएको हो। दुवै पुरस्कारको राशी २/२ लाख रुपैयाँ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।