शनिबार, वैशाख १५, २०८१

ओली र प्रचण्डको सम्बन्धमा तनाव !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध अहिले कस्तो होला? बजारमा अनेक अडकलबाजी चलिरहेका छन्। अत्यन्तै सौहार्द्रपूर्ण, आत्मीय वा तनावपूर्ण सम्बन्धबारे आ–आफ्नै अडकलबाजी छन्।

ओली र प्रचण्डबीचको सम्बन्ध त्यतिबेला तनावपूर्ण भयो, जतिबेला  मन्त्रिपरिषदले राजदूत नियुक्तिको निर्णय गर्‍यो। ३२ असारको मन्त्रिपरिषद बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारत र साउदी अरेबियाका पूर्वराजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत नियुक्तिको निर्णय गरेको थियो।

त्यसलगत्तै प्रचण्ड र ओलीबीच झण्डै संवादहीनताको अवस्था आएको स्रोतको भनाइ छ। मन्त्रिपरिषदले निर्णय गरेलगत्तै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिबारे औपचारिक जानकारी सार्वजनिक गरेका थिए। तर, अहिले त्यो सरकारी निर्णय कार्यान्वयन नहुने अवस्थामा पुगेको छ।

स्रोतका अनुसार आफूहरूसँग कुनै सल्लाह नगरिएको बताउँदै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले निर्णयलगत्तै आपति जनाएको स्रोतको भनाइ छ। बेला–बेलामा सरकार सञ्चालन र निर्णयमा एकलौटी गरिएको बताउँदै प्रचण्डले ओलीसँग असन्तुष्टि प्रकट गर्दै आएका थिए। राजदूत नियुक्तिबारे परामर्श नगरी प्रधानमन्त्रीले निर्णय गरेकामा प्रचण्ड झनै रुष्ट भए।

प्रचण्डनिकट स्रोतका अनुसार उनले ओलीप्रति आक्रोश पोख्दै राजदूत नियुक्तिको निर्णय लागू नगर्न चेतावनी दिएका थिए। प्रचण्डले मन्त्रिपरिषदको निर्णय नसच्याएसम्म आफूले ओलीसँग कुनै संवाद नगर्ने घोषणा नै गरेका थिए।

स्रोतका अनुसार प्रचण्ड र नेपालको चेतावनीकै कारण राजदूत नियुक्तिको निर्णय कार्यान्वयनमा नआउने निश्चित भइसकेको छ। तर, सरकार सञ्चालनमा कुनै छलफल नगरेको बताउँदै नेपाल र प्रचण्डको असन्तुष्टि कायमै रहेको स्रोतको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।