शनिबार, वैशाख १५, २०८१

महेन्द्रनगर पुगेर छानबिन थाल्यो टोलीले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-१३ बर्षिय बालीका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिको टोली घटनास्थल पुगेर काम थालेको छ । 

गृहमन्त्रालयका सहसचिब हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका नायब प्रहरी महानिरीक्षक तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं ७ का प्रतिनिधीसहित पाँचजना छन ।  

टोली कन्चनपुर पुगेसंगै जिल्ला प्रशासन कार्यालय छलफल गरी आन्दोलन कारी तथा स्थानीय बासीन्दासँग समन्वय गर्ने प्रयास भैरहेको कन्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले नेपाल समयलाई जानकारी दिए । 

भिमदत्तनगरपालिका–२ खोल्टीकी १३ बर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । भिमदत्त नगरपालीका–१८ निम्बुखेडास्थीत साथीको घरमा पढन भनि गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अबस्थामा फेला परेकी थिईन । 

घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको मागगदै स्थानीयले प्रर्दशन शुरुगरेका थिए । तत्कालीन प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले घटना सामान्यीकरण गदै मानसिक सन्तुलन गुमाएको ४१ बर्षीय दिलीप सिंह विष्टलाई अभियुत्त ठहरगरी दोषीलाई उन्मुक्ती दिने प्रयास भएको  भन्दै आल्दोलन शुरु भएको छ । 

आन्दोलनकारी तथा प्रहरीबीचको झडप हिसांत्मक हुन थालेपछि सरकारले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालय अध्यागमन बिभागमा सह–सचिव  तारा बहादुर अधिकारी तथा कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यलयका एसपी कुबेर सिंह कडायतलाई दिईएको छ ।  

कन्चनपुर पुगेको छानबिन समिति प्रमुख जिल्ला अधिकारीको एसपी कुबेर सिह कडायतको टोलिले अनुसन्धान शुरु गर्नु पुर्ब प्रदेश प्रमुख त्रिलोचनप्रसाद भट्ट, स्थानीय पत्रकार, मानब अधिकारकर्मीको सहभागितामा आन्दोलनकारीसँग छलफल गरी अनुसन्धान सुरु गर्न लागेको एसपी कुबेर सिहं कडायतले बताएका छन ।

शुक्रबार दिउसो भएको आन्दोलन शान्तिपुर्ण भएको कडायतले नेपाल समयलाई जानकारी गराए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।