शुक्रबार, वैशाख १४, २०८१

कालिमाटी तरकारी बजार खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कालिमाटी तरकारी बजार सञ्चालनमा आएको छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले तरकारी व्यवसायीहरुले हिजो(मंलबार) नै आन्दोलन फिर्ता लिएको भन्दै बुधबार सहज रुपमा कालिमाटीमा तरकारीको खरिद बिक्री भएको बताए।

‘यस सिजनमा ६ देखि साढे ६ सय टन तरकारी कालिमाटीमा भित्रिने गरेकोमा छ,’ उनले भने ‘आज पनि त्यही हाराहारीमा तरकारी भित्रिने देखिएको छ।’

मंगलबार भने सोमबारको प्रभावले कालिमाटी तरकारी बजारमा ४ सय ३० टन मात्र तरकारी भित्रिएको उनले जानकारी दिए। ‘आज अहिलेसम्ममा साढे ४ सय टन तरकारी आइसकेको छ,’ उनले भने।

तरकारी व्यवसायमा रहेका विभिन्न तहका विचौलियाको सिन्डिकेट तोड्न सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति गठन गरि सकिएको छ। अध्ययन अघि बढेको छ ।

सोमबार कालिमाटी तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलामाथि अभद्र व्यवहार तथा नियन्त्रणमा लिने प्रयत्न गरेपछि तरकारी, फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्