शुक्रबार, वैशाख १४, २०८१

समाज सिध्याउँदै छन् युट्युबर

मिडिया समाजको हतियार हो। यदि यसलाई राम्रोसँग चलाइयो भने समाज सुन्दर बनाउन सक्छ। तर, चलाउन जानिएन भने यसले समाजलाई नष्ट नै गर्छ।
 |  मंगलबार, साउन २६, २०७८

डा मीना उप्रेती

डा मीना उप्रेती

मंगलबार, साउन २६, २०७८

कुनै पनि समाजलाई देखाउने ऐना मिडिया रहेछ। अहिले युट्युब र युट्युबरका विषयमा चर्चा गरिरहँदा यसलाई तीनटा दृष्टिबाट हेर्न जरुरी छ, पहिलो मिडियाको दृष्टि, दोश्रो पारिवारिक र सामाजिक दृष्टि। राज्य संयन्त्र त यसमा जोडिन्छ नै। 

triton college

सबैभन्दा पहिले हामीले के बुझ्नुपर्‍यो भने युट्युब अहिले सबैका लागि सहज पहुँचको माध्यम बनेको छ। यहाँ सबै युट्युब/युट्युबर राम्रा पनि छैनन्, सबै नराम्रा पनि छैनन्। समाजलाई बुझाउने, ज्ञान दिने या राम्रो बनाउने पनि अहिले यिनै मिडिया बनिरहेका छन्। सँगसँगै समाजलाई भत्काउने र धराशायी बनाउने पनि यिनै बनिरहेका छन्। 

युट्युब कति राम्रो छ, यसका सन्देशहरु कति उपयुक्त छन्, त्योचाहिँ युट्युबका ‘एक्टर’हरुमा निर्भर हुने रहेछ। अहिले त टेलिभिजनमा आएका सामग्री पनि युट्युबमा आफ्नो समयानुकूल हेर्ने परम्परा भइसक्यो। 

मिडिया समाजको हतियार हो। यदि यसलाई राम्रोसँग चलाइयो भने समाज सुन्दर बनाउन सक्छ। तर, चलाउन जानिएन भने यसले समाजलाई नष्ट नै गर्छ।

अहिले हामीकहाँ देखिएका केही युट्युबर (भोजराज थापा प्रवृत्तिका) छन्, जसले समाजलाई सक्न खोजिरहेका छन्। उनीहरुले समाजलाई धराशायी बनाउँदैछन्, परिवार सक्दैछन्, व्यक्तिगत सम्बन्ध सक्दैछन्। उनीहरु अनावश्यक विषयवस्तुलाई क्यामेरामा कैद गरेर समाजलाई सिध्याउनतिर लागिरहेका छन्।

corrent noodles
Metro Mart
परिवारका आफ्नै किसिमका मूल्यमान्यता हुन्छन्। कतिपय कुरा दम्पतीभित्रै राख्नुपर्ने विषय हुन्छन्। तर, प्रविधिको गलत प्रयोगका कारण अहिले छताछुल्ल भइरहेको छ। 

अहिलेको संसार भनेको सञ्चारको हो। हामी ‘कम्युनिकेसन वर्ल्ड’ भन्छौँ। मिडियालाई हामी समाजको हतियार भन्छौँ। त्यही हतियारले काट्दै, छिनाल्दै, समाप्द पार्दै नरसंहार गर्छ भने त्यही हतियारले सुन्दर कल्पनाहरु गर्दै सुन्दर समाज पनि बनाउँछ। 

युट्युबरका लागि हामीले आचारसंहिता बनायौँ कि बनाएनौँ? उनीहरु पत्रकारिताको आचारसंहिताभित्र पर्छन्/पर्दैनन्? पर्छन् भने हामीले उनीहरुलाई आचारसंहिताको दायरामा ल्यायौँ कि ल्याएनौँ? कि ‘इग्नोर’ गरिरहेका छौँ? यसमा पनि राज्यका सम्बन्धित निकाय सचेत भएको देखिँदैन।

अर्को कुरा, कुनै पनि मिडियालाई राज्यले संरक्षण पनि गर्नुपर्छ, सँगसँगै नियन्त्रण पनि। यहाँ संरक्षण गरियो/गरिएन मलाई थाहा छैन तर जे भइरहेको छ त्यहाँ राज्यले आँखा चिम्लिरहेको देखिन्छ। हाम्रो जस्तो कमजोर राज्यमा यस्ता तत्वहरु अराजक रुपमा उत्पादन हुन्छन्। 

कोही युट्युबरले व्यक्तिगत रुपमा संसार कसरी हल्लाइरहेको छ त? किनभने अहिलेको संसार ‘भाइरल संसार’ भइरहेको छ। जहाँ राज्य एकदम कमजोर छ, जहाँ राज्यले यस्तो विषयलाई बेवास्ता गर्छ, त्यहीँ नै हो यस्तो तत्वहरु जन्मिने र समाजलाई सिध्याउन थाल्ने। 

संसारमा कहीँ पनि कसैको निजी अर्थात् पारिवारिक जीवन नै ध्वस्त हुने गरी मिडियाले हस्तक्षेप गर्न पाउँदैन। तर, यहाँ त मज्जैले भइरहेको छ। 

अर्को कुरा, राज्य चलाउने प्रमुख व्यक्ति यदि स्वच्छ छविको छैनन् भने उनीहरुले पनि युट्युबलाई नियन्त्रण गर्न सक्दैन। किनभने युट्युबरले भोलि उनीहरुको कर्तुत छताछुल्ल बनाइदिन सक्छन्। त्यही भएर पनि उनीहरु चुप लागेका हुन सक्छन्। 

यी युट्युबर, जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

अब युट्युबलाई परिवारसँग जोडेर हेरौँ। संसारमा सबैभन्दा सशक्त र शक्तिशाली संस्था भनेको परिवार नै हो। तर, जब पुँजीवाद त्यहाँभित्र पस्दै जान्छ, जब मिडिया त्यहाँभित्र घुस्न थाल्छ, तब परिवारमा द्वन्द्व सुरु हुन्छ। पुँजीवादले कसरी परिवारलाई ध्वस्त बनाउँदैछ, अहिले युट्युबरले परिवारलाई किन आफ्नो विषय बनाउँदैछन्, किन अरुको निजी जीवनमा घुस्दैछन्, त्यो आजको महत्वपूर्ण प्रश्न बनेको छ। 

हामीले सुन्नै नसक्ने कुराहरु अहिले युट्युबरले विषय बनाउँदैछन्। विकसित र ठूला देशहरुमा किन यस्ता कुरा आउँदैनन्? हामीकहाँ किन आइरहको छ भने यहाँ परिवार कमजोर हुँदैछ। परिवार किन कमजोर हुँदैछ भने हामीकहाँ अधिकांश मानिस रोजगारीका लागि विदेश जान बाध्य छन्। 

परिवारका आफ्नै किसिमका मूल्यमान्यता हुन्छन्। कतिपय कुरा दम्पतीभित्रै राख्नुपर्ने विषय हुन्छन्। तर, प्रविधिको गलत प्रयोगका कारण अहिले छताछुल्ल भइरहेको छ। 

म के भन्छु भने जब कुनै पनि घर या परिवारमा मिडिया पुग्छ भने त्यो ध्वस्त हुन थाल्छ। किनभने सम्बन्धमा आउने समस्या परिवारभित्र मात्रै हुँदा त्यो परिवार बसेर सम्हाल्न सकिन्थ्यो। तर युट्युबरले त परिवारका समस्या समाजमा मात्रै होइन, संसारभर फैलाइदिन थाले। दम्पतीहरुको डिभोर्ससम्म गराइदिन थाले। 

अर्को डरलाग्दो पक्ष के छ भने अहिले युट्युबमा यस्तै पारिवारिक झगडाका विषयमा बनाइएका भिडियो नै ट्रेन्डिङमा आइरहेका हुन्छन्। त्यसैले होला, अहिले केही युट्युबरको सबैभन्दा ठूलो व्यापार नै पारिवारिक द्वन्द्व या पारिवारिक विषय बनिरहेको छ। हाम्रो समाज कता जाँदैछ, कस्ता विषयमा रुचि राख्दैछ, यसैले पनि स्पष्ट पार्छ।

संसारमा कहीँ पनि कसैको निजी अर्थात् पारिवारिक जीवन नै ध्वस्त हुने गरी मिडियाले हस्तक्षेप गर्न पाउँदैन। तर, यहाँ त मज्जैले भइरहेको छ। 
जहाँ परिवारमा द्वन्द्व छ, जहाँ परिवारमा अभाव छ, युट्युबर हातमा एउटा क्यामेरा बोकेर खोजी खोजी त्यहाँ पुगिरहेका छन्। कसैको द्वन्द्वमाथि झन् द्वन्द्व थप्नु भनेकाे आगोमा घिउ थप्नु हो। परिवारका समस्या त परिवारभित्रै मिल्न सक्थ्यो, त्यहाँको समाजले मिलाउन सक्थ्यो। तर युट्युबरहरू यसरी घुसिरहेका छन् कि त्यसले मिल्ने होइन, झन् बिगार्ने माहोल सिर्जना गरिरहेको छ।


बाहिर एउटा ‘हरर’ किसिमको सनसनीखेज शीर्षक राखिएको हुन्छ, भित्र खोल्दा त्यस्तो केही हुँदैन। यसलाई अंग्रेजीमा ‘ब्याड कम्युनिकेसन’ भनिन्छ। यस्तो खराब सञ्चार समाजका लागि विष हो। यो विष विस्तारै फैलिँदै जान्छ र पूरै समाजलाई ग्रसित बनाउँछ।
हामीले यस्ता खराब प्रवृत्तिका मिडियालाई बेवास्ता गर्दै गयौँ भने यसले मूलधार भनिने मिडियाकै छवि पनि धमिल्याउन सक्छ। त्यसैले अहिले हामीले ‘युट्युबले यसो गर्‍यो, युट्युबर यसरी बढे’ भनेर गाली गरेर मात्रै पुग्दैन। यसलाई बढाउन कसले भूमिका खेल्यो? पक्कै तपाई, हामी पनि यसमा जिम्मेवार छौँ। 

मेनस्ट्रिम मिडियाले किन यसमा आपत्ति जनाइरहेको छैन? किनभने अहिले उनीहरुका परिवारभित्र त्यस्तो परेको छैन। जब पर्छ, त्यसपछि मात्रै चेत्छन्। 

अर्को गम्भीर कुरा के छ भने हामीकहाँ अहिले युट्युबरहरुले खोजीखोजी देखाइरहेको पारिवारिक द्वन्द्व, डिभोर्सका भिडियोले विदेशमा रहेका लाखौँलाख नेपालीमा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पारिरहेको छ। उनीहरु तिनै भिडियोहरु हेरेर नकरात्मक सोच्न बाध्य भइरहेका छन्, आफ्नै श्रीमान्/श्रीमतीप्रति शंका–उपशंका गरिरहेका छन्। परिवारमा अविश्वास झन् झन् बढिरहेको छ। त्यसैले युट्युबरहरु यसरी नै अघि बढिरहे भने अबको १० वर्षमा हाम्रो समाज कहाँ पुग्छ? यो निकै चिन्ताको विषय हो। 

अब त कसैसँग बदला लिनु छ भने एउटा युट्युबरलाई बोलाएर उसको क्यामेराअघि मनपरी बोलिदिए पुग्ने भो। सोच्नुस् त, यो कति डरलाग्दो समय भयो!

समाजमा जब तुलना र बदलाको भावना बढ्दै जान्छ, त्यसले समाजलाई भत्काउँदै लान्छ। त्यसैले म के भन्छु भने, अहिले यो समस्या भनेको युट्युबरको समस्या मात्रै हो, यो मिडिया जगतकै समस्या हो। नेपालको मिडियाकै हो। नेपालको मिडियाको मात्रै होइन, तपाईं-हाम्रै हो। 

हामीकहाँ भाइरल मोह बढिरहेको छ। हरेक कुरा भाइरल बनाउन खोजिँदैछ। अहिले अधिकांश युट्युबरको उस्तै चाहना देखिन्छ– मेरो कन्टेन्ट भाइरल होस्, लाखौँले हेरिदिउन्, अनि लाखौँ पैसा कमाइयोस्। अनि, त्यस्तै विषय खोज्दै हिँड्छन् उनीहरू। 

प्रोपोगान्डा, स्क्यान्डल आफैँमा राम्रो कुरा होइन। जब समाज विचलनतिर जान्छ, त्यतिखेर मान्छेहरु नकारात्मक कन्टेन्टतिर बढी आकर्षित हुन्छन्। यसलाई नियन्त्रण गर्न पनि बहस र आचारसंहिता आवश्यकता छ। यसलाई नरोक्ने हो भने त यो च्याउसरह उम्रेर फैलने पक्का छ। 

(समाजशास्त्री डा उप्रेतीसँग नेपाल समयका अनिल यादवले गरेको कुराकानीमा आधारित)

प्रकाशित: Aug 10, 2021| 10:48 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...