शुक्रबार, वैशाख १४, २०८१

उखु उत्पादक किसानका समस्या समाधान गर्ने प्रतिबद्धता

सरकारले उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ मार्फत सरकारले उक्त प्रतिबद्धता गरेको हो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– सरकारले उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम  कार्यक्रम’ मार्फत सरकारले उक्त प्रतिबद्धता गरेको हो। 

triton college

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अन्तरगत आर्थिक नीति तथा  कार्यक्रममा उखुका किसानका समस्या समाधान गर्ने उल्लेख गरिएको हो। ‘निर्वाहमुखी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने। मलको आपूर्ति सुनिश्चित गर्ने, उखु उत्पादक किसानको समस्या समाधान गर्ने र कृषि उत्पादको जीवन चक्रमा पर्ने जोखिम न्यूनीकरण गर्ने’  संयुक्त न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ। 

संयुक्त न्यूनतम कार्यक्रममा अगाडी भनिएको छ, ‘कृषि उपजको बजार मूल्य  तोकी खरिदको सुनिश्चितता गर्ने र आधारभुत तथा दैनिक  उपभोग्य कृषिजन्य उपजमा आत्मनिर्भर हुने । कृषि विमाको व्यवस्था गरी जोखिम न्यूनीकरण गर्ने’ उल्लेख गरिएको छ


प्रकाशित: Aug 08, 2021| 18:30 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्