शनिबार, वैशाख १५, २०८१

सुजन र मारियाले जिते लिग टेबल टेनिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता जित हात पारेका छन्।

राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको उमेर समूह लिग प्रतियोगिताको छात्रको १६ बर्ष मुनिको प्रतियोगितामा सुजनले पुष्प सदनका आभाष चौलागाईलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन्। तेश्रो स्थानमा प्राईम कलेजका राजन तामाङ्ग र गुड स्टार्ट एकेडेमीका आदित्य ढुङ्गाना रहे। 

यस्तै सोही समूहको छात्रा तर्फ मारियाले आफ्नै स्कुलकी अनुष्का सिम्खडालाई पाखा लगाउँदै स्वर्ण जितिन्। महालक्ष्मीकी स्नेहा अधिकारी र त्रियोगकी आयुष्मा गैरेले कास्य पाए।

चार उमेर समूहमा भएको प्रतियोगिताको छात्र १४ बर्ष मूनिको प्रतिस्पर्धामा मनकामना स्कुलका एलेक रायमाझीले स्वर्ण जिते। छात्रा तर्फ भानुभक्त मेमोरियलकी श्रीश्मा तुलाधरले त्रियोगकी अशिमा गुरुङ्गलाई पराजित गर्दै स्वर्ण जितिन्। 

लैनचौरस्थित कभर्डहलमा भएको प्रतियोगिताको १२ बर्ष मूनिको प्रतिस्पर्धामा छात्र तर्फ पुष्प सदनका शिद्धार्थ तामाङ्गलाई पाखा लगाउँदै ग्रिनफिल्डका हिमाल बिष्टले स्वर्ण जिते। छात्रा तर्फ बिजेश्वरीकी सुष्मिता खड्काले स्वर्ण हात पारिन्। 

१० बर्ष मूनिको छात्र तर्फ ज्ञानभैरवका श्रेयान शाधाले स्वर्ण प्राप्त गर्दा छात्रा तर्फ ईष्टपोलकी पुजा सोतीले स्वर्ण जिते। बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे।

प्रतियोगितामा छात्र तर्फ ११९ र छात्रा तर्फ ४५ खेलाडीहरुले चार उमेर समूहका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।