शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधन: ‘राजपा आक्रामक, फोरम मौन’

प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधन: ‘राजपा आक्रामक, फोरम मौन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश-२ को प्रदेश सभालार्इ सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान जनकपुर पुग्दैछन्। बिहान ११ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने प्रधानमन्त्री ओलीको प्रदेशसभामा सम्बोधनको कार्यक्रम तय भएसँगै जनकपुरको राजनीति तरंगित भएको छ। 

ओलीको भ्रमणभन्दा पनि दुई मधेशकेन्द्रित दल राजपा र संघीय समाजवादी फोरम नेपाल अहिले चर्चाको केन्द्रमा छन्, जनकपुर र प्रदेश २ मा। ओली जनकपुर आउने भएपछि मधेशकेन्द्रित दल राजपा र संघीय समाजवादी फोरम नेपालको भूमिका के हुने भन्नेबारे स्थानीय बासिन्दाले विभिन्न खाले आकलन र अनुमान लगाउन शुरु गरिसकेका छन्। तर, चर्चाको केन्द्रमा रहेका यी दलको भने आधिकारिक कुनै धारणा आएको छैन।

ओली जनकपुर आउँदा राजपा र फोरम चर्चामा रह्नु स्वनभाविक नै ठान्छन्, स्थानीयवासी। मधेश आन्दोलनताका ओलीलाई घोर मधेश विरोधीको 'ट्याग' झुण्ड्‍याउन अनेक प्रपञ्च गरेका थिए, दुवै दलले। तत्कालीन एमाले अध्यक्ष ओलीले मधेशविरोधी टिप्पणीहरू गरेको बताउँदै आन्दोलनरत राजपा र फोरमले मधेशलार्इ एमाले निषेधित क्षेत्र घोषणा गर्नसम्म भ्याएका थिए।

अहिले तिनै ओली मुलुकका प्रधानमन्त्री छन्। र, शनिबार जनकपुर पुग्दैछन्। ओलीलाई मधेशविरोधीको संज्ञा दिने दुई मधेश केन्द्रीत दलमध्ये फोरम संघीय सरकारमा सहभागी छ भने राजपाले सरकारलाई समर्थन गरेको छ। प्रदेश २ मा फोरम नेतृत्वको सरकारमा राजपाको साथ छ।

ओलीको जनकपुर भ्रमणलाई लिएर दुवै पार्टीको आधिकारिक धारणा नआए पनि राजपाका केही नेताले ओली भ्रमणको विरोध गरेका छन्। तर, यस विषयमा फोरम मौन देखिएको छ। केन्द्रीय सरकारमा सहभागिता र प्रदेश सरकारको नेतृत्व गरिरहेकाले पनि फोरम केही बोल्न सक्ने अवस्थामा नरहेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रदेश २ मा राजपाका सांसद मनिष सुमनले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मधेश आन्दोलनको बेला मधेशविरुद्ध दिएको टिप्पणीका कारण माफी माग्नुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा सुमनले भनेका छन्,‘सम्मानीय प्रधानमन्त्री केपी ओलीज्यू प्रदेश २ को प्रदेशसभामा अभिभाषणको क्रममा मधेशीविरोधी आफ्नो पूर्व कु-टिप्पणीको कारण मधेशी समूदायसँग क्षमा माग्नूस्।’

प्रदेशसभामा सम्बोधन गर्दा संविधान संशोधनको समय सीमा र आन्दोलनकारीविरुद्ध लगाइएका झुटा मुद्दा खारिज गर्न उनले प्रधानमन्त्रीसँग माग गरेका छन्।

यस्तै, सप्तरीका राजपा नेता गजेन्द्र मण्डलले प्रधानमन्त्रीको सम्बोधन कार्यक्रमलाई राजपाका प्रदेश सांसदहरूले विरोध गर्नुपर्ने बताएका छन्। मण्डलले सामाजिक सञ्जालमा लेखेका छन्,‘शनिबार प्रदेशसभालाई प्रधानमन्त्री सम्बोधन गर्दै हुनुहुन्छ, उक्त सम्बोधन कार्यक्रमलाई राजपाले विरोध गर्नुपर्छ।’

राजपाका पूर्वसांसद डा विजयकुमार सिंहले सामान्य परिस्थितिमा प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने कुनै तुक नरहेको टिप्पणी गरेका छन्। डा.सिंहले प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्नु प्रादेशिक स्वायत्तताको मजाक उडाउने खेल त होइन भनेर प्रश्न गरेका छन्।

तर, फोरम संघीय सरकारमा सहभागी रहेको तथा राजपाले सरकारलाई समर्थन दिएका कारण उनीहरूसँग विरोध गर्ने कुनै आधार नै नरहेको मधेश आन्दोलनमा सक्रिय रहेका युवा सरोज मिश्र बताउँछन्। सामाजिक सञ्जालमा मात्र विरोध गरेर मधेशी जनता झुक्याउने काम भएको भन्दै प्रदेशसभा बहिष्कार गर्न उनले मधेशकेन्द्रीत दलहरूलाई चुनौती दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।