शनिबार, वैशाख १५, २०८१

इन्धन खपत २० प्रतिशत बढ्यो, छैन भण्डारण सुविधा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पछिल्लो समय नेपाली बजारमा समग्र पेट्रोलियम पदार्थको बिक्री २० प्रतिशले बढेको छ। तर, त्यसको भण्डारण गर्न सरकारसँग सुविधा नै छैन। 

सरोकारवालाहरूले यसबाट मुलुकलाई ठूलो समस्या उत्पन्न हुन सक्ने जोखिम औंल्याउँदै आएका छन्। आयल निगमका अनुसार आर्थिक वर्ष ०७४-७५ मा अघिल्लो आव ०७३-७४ भन्दा पेट्रोलियम पदार्थको बिक्री २० प्रतिशतले बढेको छ।

यसमा पेट्रोल २०, डिजेल २३, मट्टितेल १५, हवाई इन्धन १८ र एलपीजी ग्यासको बिक्री १८ प्रतिशत बढेको छ। निगमका अनुसार गत आवमा पेट्रोल चार लाख ८४ हजार सात सय ७१, डिजेल १५ लाख ९७ हजार पाँच सय ५१, मट्टितेल २२ हजार तीन सय ११ र हवाई इन्धन एक लाख ९४ हजार तीन सय ५८ किलोलिटर बिक्री भएको छ । खाना पकाउने एलपीजी ग्यास तीन लाख ७० हजार पाँच ६० मेट्रिक टन बिक्री भएको छ। 

मुलुकको भण्डारण क्षमता भने नाजुक रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार हाल पेट्रोल करिब पाँच, डिजेल आठ र हवाई इन्धन १० दिनको मात्र माग धान्ने गरी भण्डारण गर्न सकिन्छ। एलपी ग्यासको त भण्डारण सुविधा नै छैन। 

नेपालको भौगोलिक अवस्थाका कारणले १-२ दिन मात्रै पेट्रोलियम पदार्थको आयात र ढुवानीमा अवरोध आए ठूलो समस्या निम्तिने निगमको भनाइ छ ।

डलर बलियो हुँदा मासिक ६० करोड लागत थप

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य घटबढ हुने क्रम जारी छ । केही महिनादेखि अमेरिकी डलर ७० देखि ७५ को बीचमा कच्चा तेल (क्रुड आयल)को मूल्य कायम रहेको निगमको भनाइ छ । अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम जारी छ । अहिले  हालसम्मकै उच्चतम विनिमय दर एक सय १२ रुपैयाँ प्रतिअमेरिकी डलर पुगेको छ ।

निगमले एक महिनामा खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्यलाई आधार मान्ने हो भने विनिमय दर एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई मासिक करिब १५ करोड अतिरिक्त लागत भार थपिने प्रवक्ता गोइतले जानकारी दिए । 

निगमका अनुसार गत दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग समानस्तरमा छ । त्यसमा निगमलाई मासिक ६० करोडको लागत मूल्य थपिएको छ । 

पाक्षिक २५ करोड घाटा

१ र १६ अगस्ट २०१८ मा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा करिब २५ करोड घाटा हुने निगमको भनाइ छ । 

पेट्रोलियम पदार्थको कारोबारमा डिजेल र एलपी ग्यासले ८० प्रतिशत बजार हिस्सा ओगटेको छ । निगमलाई अहिले प्रतिलिटर डिजलमा २.३६ र प्रतिसिलिन्डर ग्यासमा २८०.६४ रुपैयाँ घाटा छ । निगमका अनुसार उक्त घाटा मुख्य चुनौतीका रूपमा देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्