शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीमा अपराध नियन्त्रणकोलागी रुपन्देही प्रहरीको विशेष योजना

सीमा अपराध नियन्त्रणकोलागी रुपन्देही प्रहरीको विशेष योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- खुल्ला सीमाको कारण रुपन्देहीमा सीमा अपराध बढ्दै गएकोबेला रुपन्देहीमा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक ह्रदय थापाले विशेष योजनाका साथ काम गर्ने घोषणा गरेका छन्।

बिहिबार भैरहवामा पत्रकारसंगको भेटघाटमा प्रहरी उपरीक्षक थापाले सीमा क्षेत्रमा हुने लागुऔषध ओसार पसार, मानव तस्करी, चोरी पैंठारी र निकासीकोलागि विशेष योजनाका साथ काम गर्ने जनाए। उनले आफु धेरै वर्ष अपराध अनुसन्धान र नेपाल प्रहरीको विशेष अनुसन्धान व्यूरोमा काम गरेको सुनाउदैं जिल्लालाई अपराधमुक्त बनाउने पनि जनाए।

थापाले पत्रकार सम्मेलनमा संगै रहेका डिएसपी कुमुध ढुंगेललाई देखाउदैं भने, ‘उहाँ पनि धेरै समय अपराध अनुसन्धानमा संलग्न भएको प्रहरी अधिकृत हो , म पनि त्यसै क्षेत्रमा धेरै वर्ष काम गरे। हाम्रो टिमले अब जिल्लालाई अपराध शून्य बनाउछौं। ’

एसपी थापाले जनताको काम गर्नै बाहानामा प्रहरीले घुस खाएको आफूलाई सह्य नहुने बताउँदै भैरहवामा जुवा तास यौन ब्यवसाय निकै पmस्टाएको बताउदै त्यस बिरुद्ध आफू कडा रुपमा अगाडी आउने बताए। उनले प्रहरी कार्यालय भित्र कुनै पनि दलाली नचल्ने उल्लेख गर्दै अपराध बिरुद्ध आपmु राजनैतिक दवाब र अन्य दबाब स्विकार नगर्नै दाबी गरे। आफ्नो १३ बुदे कार्य योजना सार्वजनिक गर्दै गुण्डागर्दि, फरार अपराधीलाई पक्राउ गर्ने एवं प्रहरी कार्यलय भित्र दलालहरुलाई निषेध गर्ने पनि जनाए।

रुपन्देहीमा डिएसपीको रुपमा कुमुध ढुंगेल सहित अधिकांश प्रहरी अधिकृत नयाँ छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।