शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पतालले एक रुपैयाँ पनि कर तिरेन, महानगरले दियो ३० दिने अल्टिमेटम

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पतालले एक रुपैयाँ पनि कर तिरेन, महानगरले दियो ३० दिने अल्टिमेटम

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालले स्थापनादेखि आजसम्म काठमाडौं महानगरपालिकालाई एक रुपैयाँ पनि कर नतिरेको खुलासा भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालले स्थापनादेखि आजसम्म काठमाडौं महानगरपालिकालाई एक रुपैयाँ पनि कर नतिरेको खुलासा भएको छ। काठमाडौं महानगरले आइतबार कर नतिर्ने को सूची प्रकाशित गर्दै राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको खुलासा गरेको हो। 

triton college

महानगरले कर नतिर्ने ५२ करदाताको सूची प्रकाशित गरेको छ, जसमा जनमैत्री अस्पतालको नाम २३ औं नम्बरमा छ। महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो। महानगरले उनीहरुलाई कर तिर्न ३० दिनको अल्टिमेटम दिएको छ।

जनमैत्री अस्पतालले महानगरलाई आजसम्म आफ्नो सम्पत्ति विवरण समेत नबुझाएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म अस्पतालले कुनै पनि विवरण बुझाएको छैन। एक रुपैयाँ कर पनि तिरेको छैन। त्यसैले उसले तिर्न बाँकी कर कति छ भनेर हामी भन्न सक्ने अवस्थामा छैनौं।’ यतिका समयसम्म कर नतिर्दा पनि किन चुप बसेको भन्ने हाम्रो प्रश्नमा विभागका प्रमुख अधिकारीले भने, ‘हामीले पटक पटक सचेत गराउने र ध्यानाकर्षण गराउने काम गरेका थियौँ। अथि भएपछि अहिले ३० दिने सूचना निकालेका हौं।’ 

३० दिनभित्र सम्पूर्ण कर चुक्ता नगरे सेवा बन्द गर्ने समेत निर्णय हुन सक्ने उनले जानकारी दिए। ‘कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने छ,’ उनले भने। 

राज्यमन्त्री श्रेष्ठको लगानीमा अस्पताल २०७७ भदौ महिनाबाट पुनः सञ्चालमा आएको थियो। कोरोना महामारी तिव्र गतिमा फैलिरहेको र संक्रमितले अस्पताल नपाएर ज्यान गुमाउनु परेको अवस्थामा पुनः सञ्चालनमा ल्याइएको यो अस्पताललाई सुरुमा कोभिड अस्पतालका रुपमा मात्रै सञ्चालन गरिएको थियो। जनमैत्री अस्पताल ३ सय बेड क्षमताको भए पनि हाल १ सय बेड क्षमतामा मात्रै सञ्चालनमा छ। 

corrent noodles
Metro Mart

कुनै समय तत्कालीन नेकपा माओवादी नेताहरुको संलग्नतामा सञ्चालित यो अस्पताल आर्थिक लेनदेनकै विषय नमिल्दा बन्द भएको थियो। अस्पताल सञ्चालकबीचको स्वामित्व विवाद र घाटा भएपछि अस्पताल बन्द भएको हो। तर, बन्द गर्ने बहाना भने भूकम्पलाई बनाइयो। २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण केहि क्षति पुगेको अस्पताल पूर्ण रुपमा बन्द गरिएको थियो। 

त्यसपछि हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठसहितका व्यक्तिहरुको लगानीमा पुनः सञ्चालनमा आएको थियो। यसको व्यस्थापनको जिम्मा उमेश पाण्डेले हेर्दै आएका छन्। कोरोनाको दोस्रो लहर तिव्र गतिमा फैलिरहेका बेला सञ्चारकर्मी रवी लामिछाने पनि यो अस्पताललाई सहयोग गर्ने भन्दै हिँडेका थिए। 

जनमैत्रीसँगै यी हुन् कर नतिर्ने ५२ कम्पनी


प्रकाशित: Aug 08, 2021| 15:02 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।