शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा-१, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले शाखा कार्यालयको उद्धाघन गरेका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा-१, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले शाखा कार्यालयको उद्धाघन गरेका छन्। 

triton college

काउन्टर उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत काउन्टर स्थापना भएपछि ग्राहकलाई सहज हुने विश्वास व्यक्त गरे। 

सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न सकिने छ। 

करिव ६ लाख ग्राहकहरुलाई ११५ शाखाबाट सेवा प्रदान गरिरहेको सिभिल बैंकले यो एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापना गरेको छ। ६ वटा एक्सटेन्सन काउन्टर नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको छ। हालसम्म ८६ स्थानमा  एटिएम रहेको बैंकले हालसम्म ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेको जानकारी दिएको छ। 


प्रकाशित: Aug 08, 2021| 14:15 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्