शुक्रबार, वैशाख १४, २०८१

हुवाईको २ घण्टामा २००० थान फोन बिक्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाण्डौं- हुवाई नोभा सिरिज अन्तर्गतको बहुप्रतीक्षित स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आईकोे २,००० थान फोन बिक्रि गरि अग्रिम बुकिङ्ग व्यापारको नयाँ रेकर्ड कायम गरेको छ।
 
औपचारिक सार्वजनिक गरिएको केहि दिनभित्रै साउन ३० गते हुवाईले २ घण्टामा  २,००० थान फोन बिक्रि गरेको हो। सो बिक्रि बेलुकी ५:०९ देखि ७:०९ भित्र गरिएको कम्पनीले जनाएको छ। अग्रिम बुकिङ गरेका गा्रहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्रीआईको पोर्टेबल स्पीकर जितेका छन्।

पहिलो पटक हुवाईले गा्रहकहरुले फोन किन्न लामबद्ध भएको प्रत्यक्ष अनुभव बटुलेको जनाएको छ। 
 
विश्वव्यापी स्मार्टफोनको बजारमा दोस्रो स्थानमा रहेको हुवाईको नयाँ सिरिजमा २४ एमपी क्वाड क्यामरा सेट–अप भएको फोनबाट फोटो खिच्न पाउँदा उनीहरुमा खुशी भएको जनाएको छ। दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा छन्।
 
नोभाथ्रीको बजार मूल्य ५९,९०० रुपैयाँ छ भने नोभाथ्रीआईको मूल्य ३८,९०० रुपैयाँ छ।  हुवाईको बहुप्रतीक्षित स्मार्टफोनहरुको ब्रिक्री यही बुधबार (श्रावण ३०) गते बाट सुरु भएको छ।

हुवाई नोभाथ्रीको रियर क्यामरामा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपर्चर ६ पी लेन्सहरूसहितको १६ एमपीआरजीबी सेन्सर जडान गरिएको छ।

 यो विशेषताले अँध्यारो वाकम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ। हुवाई नोभाथ्रीआईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्