शनिबार, वैशाख १५, २०८१

बैठक रोकेर ओलीको स्वागतमा जुट्यो प्रदेशसभा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-मधेश आन्दोलनपछि जनकपुर आउन नसकेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको २ भदौमा प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली प्रदेशसभालाई सम्बोधन गर्ने भएपछि बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्रीको स्वागत तथा तयारीगर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन् ।

‘प्रदेशसभामा प्रधानमन्त्रीज्यूको शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उहाँको स्वागत तथा अन्य तयारी गर्न बुधबारको बैठक स्थगित गरिएको छ,’ नेपाल समयसँग कुराकानी गर्दै यादवले भने । बुधबारको बैठक स्थगित गरेर शनिबार दुई बजे बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओली यसअघि प्रदेश १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन्। सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने आफ्नो कार्यक्रम अनुसार उनी जनकपुर आउन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओली २ भाद्रमा प्रदेशसभालाई सम्बोधन गर्नेबारे मुख्यमन्त्री कार्यालयले मंगलबार बिहान १० बजे प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन हुँदा प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने व्यवस्था छ ।

यसअघि पटक पटक आउने तयारी गरेपनि ओली जनकपुर पुग्न सकेका थिएनन् । पछिल्लो पटक अषाढमा एक कार्यक्रममा सहभागी हुन जनकपुर आउने बताइएपनि मौसमको खराबी देखाउँदै हेलिकप्टर उड्न नसकेपछि प्रधानमन्त्री ओलीको जनकपुर भ्रमण रद्द भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।