शनिबार, वैशाख २९, २०८१

एक वर्षदेखि फरार माओवादी नेता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- तत्कालीन नेकपा माओवादी केन्द्रका एकजना पोलिटब्युरो सदस्यलाई प्रहरीले मंगलबार जनकपुरबाट पक्राउ गरेको छ । प्रहरीले माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्य श्याम यादवलाई पक्राउ गरेको हो ।

यादवलाई हातहतियार तथा खरखजानासम्बन्धी एक मुद्दामा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन्। प्रहरीको खोजी सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरबाट पक्राउ गरिएको थपलियाले बताए ।

थपललियाका अनुसार जिल्ला अदालत धनुषाले हातहतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरी यादवलाई गत वर्ष फागुनमा पक्राउको आदेश दिएको थियो । प्रहरीको फरार सूचीमा रहेका यादव जिल्ला प्रहरी कार्यालय पुगेकोबेला पहिचान भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक थपलियाले बताए ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनको क्रममा गोली प्रहार हुँदा  सर्लाहीमा एक प्रहरी जवान र एक म्यादी प्रहरीलाई घाइते भएका थिए । प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ । 

यादवले आफूलाई हतियार उपलब्ध गराएको बयान दिएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।