शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुस्लिम अगुवालार्इ प्रधानमन्त्रीले भने-इदको बिदा दिन्छु

मुस्लिम अगुवालार्इ प्रधानमन्त्रीले भने-इदको बिदा दिन्छु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम धर्म मान्नेहरुको महान चार्ड बकर इदमा सार्वजनिक बिदा दिने आश्वासन दिएका छन् ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनसँगको भेटमा प्रधानमन्त्रीले बिदा दिने आश्वासन दिएको गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए ।

सरकारलार्इ बिदाको लागि दबाब दिन पुगेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले प्रधानमन्त्रीलार्इ ज्ञापन पत्र बुझाउँदै बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले बिदा दिने आश्वासन दिएको अन्सारीले बताए ।

सरकारले बकर इदको बिदा कटौती गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै सरकारलार्इ दबाब दिन विभिन्न संघर्षका कार्यक्रम गर्दै आएकोछ । मुस्लिम समुदायको महान पर्व बकर इद आगामी भदौ ६ गते पर्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।