शनिबार, वैशाख १५, २०८१

दुबै हात गुमाएकी रूपाको ‘हिम्मत भएकी छोरी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-दुबै हात घुमाएकी एक किशोरी बालिकाले ‘हिम्मत भएकी छोरी’ नामक गिती एलबम लिएर आएकी छिन् । राजधानीमा एक कार्यक्रमबिच हिम्मत भएकी छोरी एलबम सार्वजनिक गरिएको छ । 

सात वर्षको उमेरमा दुर्घटनामार्फत हात गुमाउन पुगेकी रूपा रौतारको एकल स्वर रहेको छ । कपिलवस्तु स्थायी घरभएकी रूपाको करेण्ट लागेर सात वर्षको उमेरमा हात गुमाउन पुगेकी थिइन् । 

रूपालाई हौसला प्रदान गर्न सधै लागिपर्ने विकास घिरिया, गीतकार/संगीतकार सुरेश सेन्चुरी, संगीतकार राजु सिंह र प्रमुख अतिथिको रूपमा रहेका बरिष्ठ कलाकार हरिवंशले विमोचन गरेका हुन् ।  

५ वर्षको उमेरदेखि सुरेश सेन्चुरीमार्फत संगीत कलास लिएकी थिइन् । सानैमा धेरै स्कुलले भर्ना लिन नपाएकी रूपाको दुइ ओटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । 

एलबममा ६ गीत समेटिएको छ । जसमा सुरेश सेन्चुरीको एकल संगीत रहेको छ । डा. कृष्णहरि बराल, तेज प्रसाद पाण्डे, दिनेश खड्का सुरेश सेन्चुरी, रोजिना थापा, सरला गहको गीत रहेका छ ।  

कार्यक्रममा रूपाले मेरी आमा बोलको गीत पनि गाएकी थिइन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्