शनिबार, वैशाख १५, २०८१

अझै ओझेलमा छन् युवाका मुद्दा

राष्ट्रिय युवा परिषद्ले देशका युवालाई प्रशिक्षण, तालिम र क्षमताका विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- राष्ट्रिय युवा परिषद्ले देशका युवालाई प्रशिक्षण, तालिम र क्षमताका विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको छ।

triton college

नेपालमा अहिले रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशीलता वातावरणको अभाव, जातीय असमानता नेपाली युवाले भोग्दै आएका समस्या हुन्।

‘परिषद् गठन भएदेखि युवाको नेतृत्वको विकासदेखि युवाका मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने काम भएको छ,’ परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भने, ‘अझ पनि एकद्वार प्रणाली नहुँदा युवाको मुद्दाको सम्बोधनमा कठिनाइ भएको छ।’

परिषद्ले नमुना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाह पनि गर्दै आएको छ।

नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐरले नेपालमा युवाको क्षेत्रमा सरकारी तवरबाट कुनै संस्था नभइरहेको बेला परिषद्ले युवाको क्षमता विकासमा काम गरिरहेको बताए।

corrent noodles
Metro Mart

‘परिषद् गठन भएसँगै युवाका मुद्दामा नीति निर्माणदेखि युवा सञ्जाल विस्तार भएको छ,’ उनले भने, ‘परिषद्ले युवाको क्षमता र नेतृत्व विकास गर्नुका साथै उद्यमशीलतामा पनि आकर्षण गराइरहेको छ।’ उनले परिषद्ले सञ्चालन गरेको कार्यक्रममध्ये नमूना युवा संसद्, युवा क्लब सञ्जालजस्ता कार्यक्रमले धेरै युवाको नेतृत्व विकासमा सहयोग पुर्‍याएको बताए। उनले युवाको मुद्दालाई राज्यसँग जोड्नका लागि परिषद्ले पुलको काम गरेको बताए।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताए। उनले अधिकांश बजेट प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका लागि खर्च भएको बताए।

राष्ट्रिय युवा नीति, २०७२ र युथभिजन २०२५ ले तय गरेको लक्ष्यलाई परिषद्ले पूरा गर्ने जनाइएको छ। मुलुकमा कूल जनसंख्याको ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा समृद्ध राष्ट्र निर्माणका लागि युवाका क्षेत्रमा काम गर्न २०७२ फागुनमा परिषद् गठन भएको हो।

परिषद्को संरचना प्रदेश, जिल्ला र स्थानीय तहसम्म फैलिएको छ । वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ।

युवा विकासको क्षेत्रमा कार्यरत संघसंस्थासँगको सहकार्यमा युवालक्षित कार्यक्रम समन्वयात्मकरूपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषद्मा ५ सय वटा सामाजिक संघसंस्था आबद्ध भएका छन्। यी संस्थासँगको सहकार्यमा निरन्तर युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

युवाका क्षेत्रमा उल्लेखनीय काम गरेकोमा परिषद्लाई संयुक्त राष्ट्रसंघले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो । त्यस्तै, परिषद्ले खेलेको भूमिकाको कदर गर्दै परिषद्का उपाध्यक्ष ढुङ्गेलले सन् २०१८ मा इन्टरनेशनल युथ कमिटीद्वारा ‘वल्र्ड युथ प्राइज’ पुरस्कारबाट सम्मानित भएका थिए।

युवा सूचकांकमा सुधार

सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकांकमा १४५औं स्थानमा थियो। हाल ६८ देशलाई उछिनेर ७७ औं स्थानमा आउन सफल भएको छ। नेपाल सार्क मुलुकमा चौथो स्थानमा रहेको छ।

अन्तर्राष्ट्रिय युवा दिवस     

परिषद्कै अगुवाइमा विसं २०७३ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ। यसपटक पनि भर्चुअलरूपमा ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । विसं २०७२ मा स्थापना भएसँगै परिषद्ले उद्यमशीलता र नेतृत्व विकासमा प्राथमिकता दिई आफ्ना कार्यक्रम सञ्चालन गरेको छ।

युवा उद्यम कार्यक्रम     

स्थापना भएदेखि परिषद्ले युवा उद्यम कार्यक्रम सञ्चालन गरेको छ। तीन सय ९७ युवा उद्यम समूहलाई  पाँच लाखका दरले सहुलितय ऋणमा कर्जा उपलब्ध गराएर उद्यमशील बनाएको छ।

अहिले उक्त समूहमा करिब दुई हजार युवा स्वरोगारमुखी भएका छन्। एक समूहमा पाँच जना रहेका छन्। परिषद्का उपाध्यक्ष ढुङ्गेलले घुम्ती कोषमा आधारित भएर स्वरोजगारमुखी हुन चाहनेका लागि उद्यम कार्यक्रम ल्याइएको बताए।

सहुलितयपूर्ण कर्जा

परिषद्ले स्वरोजगार बन्न चाहने युवालाई सहुलियपूर्ण कर्जा प्रवाह गरिरहेको छ। एक जनालाई रु दुई लाखदेखि रु पाँच करोडसम्म कृषि र व्यवसायमा विभिन्न वाणिज्य बैंकले कर्जा उपलब्ध गराउँदै आएको छ।

हालसम्म एक लाख २० हजार युवाले बढीमा पाँच प्रतिशत ब्याज अनुदानमा सो ११ प्रकारका सहुलितयपूर्ण कर्जा लिएका छन्।

एउटा वाणिज्य बैंकको शाखाले कम्तीमा १० वटा परियोजना र विकास बैंकले पाँचवटा परियोजनालाई अनिवार्यरूपमा कर्जा प्रवाह गर्नु पर्ने प्रावधान छ।

यस वर्ष करिब ८० हजार परियोजनाले सहुलितयपूर्ण कर्जा पाउने कार्यकारी उपाध्यक्ष बताउँछन्। 

नमुना युवा संसद्

परिषद्कै पहलमा युवालाई देशको संविधान, नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाई भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम हुँदै आएको छ।

युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन संघ र प्रदेशमा संसद् कार्यक्रम भइरहेको छ। यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ। सात सय ५३ स्थानीय तहका छ हजार ७ सय ६३ वडामा वडास्तरीय युवा क्लब गठन गरिएको छ।

युवामैत्री स्थानीय तह

युवामैत्री स्थानीय तह छनोट तथा प्रोत्साहन कार्यक्रममा हरेक वर्ष स्थानीय तहलाई छनोट गर्ने गरिन्छ । युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा युवा सुचकांकलाई हेरी परिषद्ले युवामैत्री स्थानीय तह भनी घोषणा गरी रु पाँच लाख पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ ।

विगतमा सातवटै प्रदेशबाट एक/एक स्थानीय तहलाई गरिए पनि यसपटकदेखि दुई वटा स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो।     

खोलिँदै नवप्रवर्तन केन्द्र

परिषद्ले युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशील बनाउनका लागि ‘नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरेको छ। नवप्रवर्तन केन्द्रमा युवाले आफूमा भएको ज्ञान, सीप, क्षमताअनुसार काममा दक्ष बनाई एउटा सफल उद्यमशील उत्पादन गर्ने लक्ष्य लिइएको छ।

परिषद्ले केन्द्रीयस्तरमा ‘राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र’र प्रदेशस्तरमा ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी थालेको हो। अहिले केन्द्रीयस्तरमा परिषद्ले काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित आरुबारीचौरमा सञ्चालन गर्ने अन्तिम तयारी रहेको छ भने प्रदेश नं १ को मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा युथ इन्क्युवेशन केन्द्र स्थापना गर्ने तयारी गरेको छ।

उपाध्यक्ष ढुङ्गेलले सबै प्रदेशमा केन्द्र स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय भइरहेको जनाए। सातवटै प्रदेशमा पनि नवप्रवर्तन केन्द्र स्थापनाको कार्य अगाडि बढाइएको छ।

यसैगरी परिषद्ले युवा नेपाली वैज्ञानिकको राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ।

यसैगरी परिषद्ले विपद् व्यवस्थापन, भूकम्प र कोरोना महामारीमा यस वर्ष एक हजार ६ सय युवालाई परिचालन गरिरहेको छ।     

शरद् शर्मा/रासस

प्रकाशित: Aug 09, 2021| 09:35 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।