शुक्रबार, वैशाख १४, २०८१

 आजका पत्रपत्रिका: करबाटै कार, कडा मुलुकी ऐन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित हुने दैनिक पत्रपत्रिकाहरुले स्थानीय जनप्रतिनिधिको मनपरीतन्त्रदेखि भदौ एक गते देखि लागू हुने नयाँ मुलुकी ऐनको विषयलार्इ प्राथमिकताका साथ मुल पृष्ठमा समाचार बनाएका छन्। 

शनिबारको कान्तिपुर दैनिकले 'करबाट कार' शिर्षकमा मुल समाचार प्रकाशित गरेको छ। जसमा लेखिएको छ, 'केही समयअघि महँगो भाँडामा गाडी सुविधा लिएका स्थानीय तहका जनप्रतिनिधिले अहिले धमाधम विलासी गाडी किनिरहेका छन्। कतिले विकास बजेटबाटै सवारी साधन किनेका छन् भने कतिले स्थानीय तहलार्इ स्कुटी किन्न लगाएर छोरालार्इ तलब दिने गरी चालक नियुक्त गर्ने जनप्रतिनिधि पनि छन्।'

त्यसैगरी कान्तिपुरले फुटबल क्रेज फुटलसलमा शिर्षमा पहिलो पृष्ठमै दोस्रो समाचार प्रकाशित गरेको छ। मुलुकमा फुटसल भित्रिएको जम्मा ७ वर्ष पुग्दैछ। राजधानीमा खुला ठाउँ खुम्चिएसँगै फुटसलको दायरा भने पत्यायाइ नसक्ने गरी बढ्दै गएको छ। सबै उमेर समुहका लागि उपयुक्त मानिने यो खेल आर्थिक हिसाबमा पनि खासै महँगो छैन। सुरुवाती दिनमा केही महँगो भएपनि फुटसल केन्द्रहरुको संख्यात्मक वृद्धिसँगै अहिले सुलभ भएको छ। 

त्यसैगरी अन्नपूर्ण पोस्टले कडा मुलुकी ऐन शिर्षकमा समाचार प्रकाशित गरेको छ। आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक सेवा, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भावलगायत क्षेत्रको विसंगतिलाई सरकारले कडा कानुनी व्यवस्थाद्वारा नियमन गर्न खोजेको देखिन्छ ।
 
चक्काजाम गरे ३ वर्ष जेल

सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ ।मुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक सेवाको सञ्चालनमा अवरोध पुर्‍याउन पाइने छैन।

त्यसैगरी अन्नपूर्णको पहिलो पृष्ठमै 'अस्ताए जदौ' शिर्षकमा दोस्रो समाचार प्रकाशित भएको छ। ‘जदौ श्रोता, म दाहाल यज्ञनिधि !’
यो आवाज अब कहिल्यै रेडियोबाट सुन्न पाइने छैन । रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘साहित्य संसार’बाट पहिलो पटक प्रसारित जदौ शब्द स्थापित गर्ने यज्ञनिधि शुक्रबार अस्ताएका छन् ।

जदौ शब्द बोलेकै कारण रेडियो नेपालमा पटकपटक हप्की खानुपरे पनि उनी बोल्न कहिल्यै छाडेनन् । पञ्चायती शासकले सेन्सर गरेर दिएका शब्द कहिल्यै बोलेनन्, बरु अधिकृतको जागिरै छोडिदिए ।

विज्ञापनअनुसार दिएको आवेदन, स्वर परीक्षा र अन्तर्वार्ताबाट पहिलो नम्बरमा नाम निस्किएपछि रेडियो नेपाल प्रवेश गरेका दाहालले २३ वर्षसम्म करारमै काम गरे । दाहालले २०३४ साल कात्तिक ११ गते रेडियो नेपालको औपचारिक करार सेवा सुरु गरेका थिए । हरेक दुई वर्षमा करार थप्दै उनले ०५७ साल असार मसान्तसम्म रेडियो नेपालमा जागिर खाए । सरकारी जागिरबाट अवकास पाउने अवधिसम्म उनको जिन्दगी करारमै बित्यो । रेडियोबाट कविता, गीत र निबन्ध बोलेकै कारण स्पष्टिकरणका दर्जनौं कारबाही भोगे ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।