शनिबार, वैशाख १५, २०८१

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

 म्यग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो। 

triton college

मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

सडक विस्तारका क्रममा पहिराले क्षति पुर्‍याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए। म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताए।

मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, प्रजिअ श्रीनाथ पौडेल, म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी, सेनानी केशव सिलवाल, प्रनाउ राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङसहितको उपस्थितिमा शुक्रबार काभ्रेमा छलफल भएको थियो।

पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताए। जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ। 

corrent noodles
Metro Mart

मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडक पहिराका कारण पटक–पटक अवरुद्ध हुँदा सास्ती भएको छ।

प्रकाशित: Aug 08, 2021| 07:50 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।