शुक्रबार, वैशाख १४, २०८१

थमन हत्याका अभियुक्त पक्रन प्रहरी 'एक्टिभ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-  प्रहरी सहायक निरीक्षक थमन विक हत्याका अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीले सक्रियता बढाएको छ। विक हत्याका अभियुक्तहरुलाई यथाशीघ्र पक्राउ गर्न उच्च अदालत जनकपुरले गरेको परमादेशपत्र कार्यालयमा पुगे लगत्तै प्रहरीको सक्रियता बढाएको हो। 

प्रदेश २ का राज्यमन्त्रीसहित अन्य अभियुक्तहरुलाई पक्राउ गर्न उच्च अदालतले जारी गरेको परमादेश शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पुगेको हो। फरार सूचीमा रहेका सबै अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी खटाउनुका साथै अन्य जिल्लाका प्रहरी कार्यालयहरुमा समेत पत्राचार गरिएको महोत्तरीका एसपी कुवेर कठायतले नेपाल समयलाई जानकारी दिए।

‘हत्याका सबै अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सक्रिय छ,’ कठायतले भने,‘फेला परेपछि पक्राउ गरेर अदालतमा बुझाइ दिने हो ।’ अभियुक्तहरु समाउन प्रहरी परिचालन गरिएपनि कोही फेला नपरेको उनले बताए।

घटनाका अभियुक्त राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लगायतका व्यक्तिहरु खोज्न प्रहरी गएपनि फेला नपरेको एसपी कठायतले बताए। शनिबार जलेश्वरकै एक कार्यक्रममा सहभागी भएका राज्यमन्त्री शर्मा काठमाण्डौ पुगेको जानकारी आफूहरुलाई प्राप्त भएको उनको कथन छ। प्रहरीले आफ्नो काम गर्दै छ र अभियुक्तहरु फेला परे लगत्तै अदालतमा बुझाइन्छ एसपी कठायतले बताए।

मधेश आन्दोलनको बेला असई विकको गाडीबाट थुतेर हत्या भएको थियो । र, नवनियुक्त राज्यमन्त्री शर्मा विक हत्याका अभियुक्त मध्येय एक हुन्। शर्माका साथै अदालतले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शंकर शाही) लाई पनि पक्राउ गर्न परमादेश जारी गरेको छ। शर्मा र मिश्र राजपाबाट निर्वाचित भएका हुन्।
 
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेशसभा सदस्य कौशल राय विक हत्याका मुख्य अभियुक्त हुन्। उच्च अदालतका न्यायधीशद्धय माधवप्रसाद पोखरेल र रवि शर्माको संयुक्त इजलासले अभियुक्तहरुलाई पक्राउ गर्न परमादेश जारी गरेको थियो।

पछिल्लो मधेश आन्दोलनको क्रममा महोत्तरीमा कार्यरत विकको २५ भाद्र २०७२ मा हत्या भएको थियो। आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका विकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा गाडीबाट थुतेर हत्या गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।