शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • न्यायपालिकालाई कार्यपालिकाको नियन्त्रणमा राख्‍न खोजियो: डिएलए

न्यायपालिकालाई कार्यपालिकाको नियन्त्रणमा राख्‍न खोजियो: डिएलए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- न्यायाधीशलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने नियतका साथ सत्तरुढ दलहरुले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन नगरेको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले आरोप लगाएको छ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डिएलएले न्यायपालिकाको स्वतन्त्रतालाई सत्तारुढ दलहरुले प्रभावित पार्न खोजेको टिप्पणी गरेको छ।

संसदीय सुनुवाई समितिबाट कामु प्रधानन्यायाधिश दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि सिफारिस नहुनुले स्वतन्त्र न्यायपालिका माथी प्रत्यक्ष हस्तक्षेप भएको डिएलएद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
 
डिएलएका अध्यक्ष भरत प्रसाद खरेल र नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा जोशीका बारेमा पर्याप्त अध्ययन अनुसन्धान नै नगरी प्रतिशोधका आधारमा निर्णय भएको आरोप लगाइएको छ।
 
जोशीको नियुक्ती अस्विकार गर्ने सुनुवाई समितिको निर्णय लोकतन्त्र, कानुनी शासनको सिद्धान्त र मर्म विपरित भएको डिएलएको ठहर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।