शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनटीसीले शुरु गर्‍यो आईपी प्रविधिबाट चल्ने भ्वाइस् टेलिफोन

एनटीसीले शुरु गर्‍यो आईपी प्रविधिबाट चल्ने भ्वाइस् टेलिफोन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच(एफटीटीएच–फाईबर टु द होम) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा दिन शुरु गरेको छ। सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ।

आईपी बेस प्रविधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा (हाई स्पीड इन्टरनेट) का साथ-साथै सोही फाईबरबाट भ्वाइस सेवा उपलब्ध गराइने छ। जसअन्तर्गत ग्राहकलाई नयाँ नम्बर प्रदान गरिनेछ। एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका उपलब्ध गराइएकोछ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने बताइएको छ। 

हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यकाबाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा  सेवा उपलब्ध गराइनेछ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । उक्त सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको जानकारी दिएको छ।
 
परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाईबर पुर्‍याई ट्रीपल प्ले ( भ्वाइस, हाई स्पीड इन्टर्नेट, भिडियो ) सेवाहरु  प्रदान गर्न सकिने भएकोले उक्त सेवा प्रभावकारी हुने बताइएको छ।
  
ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि अहिले टेलिकमले मनसुन अफरअन्तर्गत  विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइरहेको छ। ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि समेत फरक–फरक महसुल दर निर्धारण गरिएको टेलिकमको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्