एजेन्सी- नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अर्न्तग नेपालले तेस्रो विकेट गुमाएको छ ।
पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाउदा दोस्रो उिकेटको रुपमा अनिल साहलाई गुमाएको छ । त्यस्तै तेस्रो विकेटमा रुपमा नेपालले सुवास खकुरेललार्इ पनि गुमाएको छ ।
जारी खेलमा मल्ल र साहलार्ई नेदरल्यान्डुका बलर फ्रेद क्लासिनले आउट गरे । त्यस्तै खकुरेललार्इ क्लासेनले पेभेलियन फर्काएका छन् ।
मल्लले २४ बल खेल्दै दुई चौकाको मद्दतमा १३ रन जोडे । उनले पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक ५१ रन जोडेका थिए । त्यस्तै साहले तीन बल खेल्दै एक चौका प्रहार गरेर चार रन जोडे । मल्ल र साहले पहिलो खेलमा ५८ रनको साझेदारी गरेका थिए ।
३३ बलको सामना गरेका खकुरेलल ३ चौकाको मद्दतले १९ रन जोडे । अहिले पारसलार्इ साथ दिन दीपेन्द्र सिंह एरी क्रिजमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४