शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसले बहिष्कारको चेताननी दिएपछि संसद स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि शुक्रबारको संसद बैठक सुचना टाँसेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
 
बैठकको कार्यसूची तयार भएपनि प्रतिपक्षबीना संसद् चलाउदा राम्रो सन्देश नजाने र यसले झन मुठभेडको स्थति निम्त्याउने भन्दै बैठक स्थगित गरिएको हो । अर्को बैठक साउन २० गतेका लागि बोलाइएको छ । कांग्रेसको बिहान बसेको संसदीय दलको बैठकले सरकार सर्वसत्तावादी सोचसहित अघि बढेको निष्कर्ष निकाल्दै संसद्मा नजाने निर्णय गरेको थियो । 

बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापासंग सवाल जवाफ गर्न नपाएको झोकमा कांग्रेसले बैठक बहिष्कार गरेको थियो । कांग्रेसले बैठक बहिष्कार गरे पनि संसद् बैठक चलेको थियो भने शुक्रबार पनि कांग्रेस सहभागी नभए पनि बैठक चलाउने सत्तापक्ष दलका सांसदहरुको रणनीति छ । शुक्रबारको बैठका लागि संसद सचिवालयले कार्यसूची तय गरिसकेको छ । 

पछिल्लो समय कांग्रेस संसद्मा सरसकार प्रति आक्रमक बनेको छ । प्रस्तावित प्रधानन्यायाधीशको सुनवाईलाई दुर्य तिहाईको त्रास देखाउँदै लम्ब्याएर न्यालयमा राजनीतिक प्रभावमा राख्न खोजेको भन्दै कांग्रेसले यसको विरोध गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।