शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मोबाइल मेला शनिबारदेखि, एक्सचेञ्जदेखि किस्ताबन्दीको अफर

मोबाइल मेला शनिबारदेखि, एक्सचेञ्जदेखि किस्ताबन्दीको अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाण्डौंको चाबहिलस्थित केएल मोबाइल हबले शनिबारदेखि मोबाइल मेला गर्ने भएको छ।  मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजनामा विभिन्न अफर सञ्चालन गर्न लागेको हो। 

सो अवसरमा शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल साथै एक्स्चेन्जको योजना राखेको जनाएको छ। मेला २ सातासम्म चल्ने छ।

हबले ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए। उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल समेत साट्न सकिनेछ।

यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बिक्री प्रबन्धक उप्रेतीको भनाइ छ। हबमा विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु उपलब्ध छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्