शुक्रबार, वैशाख १४, २०८१

साँढे पाल्न अविवाहित बसेकी सेल्वरानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मानिसका रहर र शोख धेरै हुन्छन् । सामाजिक बन्धनमा बाँधिएर धेरैले आफ्ना रहरलाई कुल्चिन्छन भने केहीले सामाजिक बन्धनको पर्खाललाई नै भत्काएर आफ्ना सपना साकार पार्छन ।

यसको एक ज्वलन्त उदाहरण हुन सेल्वरानी कनगारासू । भारतको तमिलनाडू प्रदेशको मुदरै जिल्लाको मेलूर गाउँमा बस्ने सेल्वरानीले पनि सामाजिक बन्धनको पर्खाललाई भत्काएर आफ्नो सोच र सपना पूरा गर्न लागिन र अविवाहित बसेरै भएपनि सपना पूरा गर्न सफल बनिन् । 

भनिन्छ महिलाको लागी विवाह जीवनको रङ्गिन पल हो । समाजमा एकल वा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यस कारण आफ्नो सपना त्यागेर पनि प्राय महिलाहरु विवाह गरेर घरजम मै रमाउने गर्छन् ।

घरजम गर्ने परिवार र सन्तानसँग रमाउने सोच भएपनि आफ्नो रहर पूरा गर्न ४८ वर्ष पुगेकी सेल्वरानीले विवाह गर्नुको साटो साँडे पालेर आफूले पालेका साँडेलाई जल्लीकट्टू प्रतियोगितामा सहभागि गराइन् । सानैदेखिको उनको सपना पनि यही थियो । विवाह गरेमा आफ्नो सपना पूरा नहुने भन्दै उनी अविवाहित बसेको कहानी सुनाउँछिन् । 

उनका हजुरबुबा मुत्थुस्वामी र पिता कनगरासूका पालामा साँडेको रेखदेख र हेरचाह गर्नु भनेको बच्चा हुर्काउनु जस्तै हो भन्ने मान्यता थियो । तर जब जिम्मेवारी उनका भाइको काँधमा आइपुग्यो, उनीहरुसँग यो कामका लागि समय थिएन । आफ्ना बाबुबाजेको कामलाई निरन्तरता दिने प्रण सेल्वरानीले गरिन । अनि साँडे पालनमा लागिन् ।

उनले साँडेको नाम रामु राखेकी छिन् । पुरुषले मात्र साँडे समाहाल्नुपर्छ भन्ने परम्परा उनले तोडेकि छिन् । सम्हाल्ने पुरुषले तर साँडे बस्ने ठाउँ सफा गर्ने, खानाको व्यवस्था गर्ने मात्र महिलाले किन भन्ने प्रश्नको उत्तर आफैले साँडे पालेर पाएकी छिन् ।

शुरुमा केही असहज लागेपनि अहिले आफू आफ्नो निर्णयप्रति सन्तुष्ट रहेको उनको भनाई छ । सेल्वरानी आफूलाई कहिल्यै पनि एक्लो सोच्दिनन् । उनले एउटा साँडेलाई आफ्नो परिवारको सदस्य बनाएकी छिन् । 

सेल्वरानी खेतमा मजदुरीको काम गरेर आफ्नो र रामूको पेट पाल्छिन् । रामूलाई अरु साँडेको जस्तो सादा खाना हैन, एक खेलाडी साँडेलाई दिने खाना जस्तै नरिवल, केरा, तिल, खजूर, भात आदि दिने गर्छिन् । रामूको खानाको लागी मात्र दिनको पाँच सय खर्च गर्ने गर्छिन् । आफूलाई कमी भएपनि रामूको खानामा कमी नहोस भन्ने उनको चाहना छ । 

वर्षमा एक पटक हुने जल्लीकट्टू खेलमा आजसम्म रामूले सात पटक भाग लिँदा पाँच पटक उपाधी नै जित्न सफल भएको छ । 

कसैको बसमा नआउने साँडेलाई दुब्ली पातली सेल्वरानी आफ्नो हातले उनको सिङ समातेर शान्त पार्ने गर्छिन् । रामूको सिङ यति धेरै बलियो छ कि जस्तो बलियो व्यक्तिलाई पनि उचालेर फाल्ने शक्ति छ ।

शाहसिक काममा महिला पनि सक्षम छन भन्ने उदाहरण बनेकी उनले आफ्नो यो कामले मनलाई शान्ति दिनुका साथै खेल जित्दा खुसी र गर्व लाग्ने गरेको बताउने गरेकी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।