शनिबार, वैशाख १५, २०८१

गलत समाचार फेसबुकमा पोस्ट गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा गलत समाचार पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ‘आरएमखबर डट कम’की प्रबन्ध निर्देशक प्राप्ती सापकोटा पौडेल भनिने एन्जिला सापकोटा छिन्। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत् मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। 

कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शंकास्पद मृत्युको घटना अनुसन्धानका क्रममा रहँदा सापकोटाले आफ्नो फेसबुक पेजमा ‘यिनै हुन् १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी। सक्दो सेयर गर्नुहोला’ शीर्षकमा सामग्री पोस्ट गरेको सीआईबीले जनाएको छ । 

‘यस्तो जघन्य प्रकृतिको अपराधको अनुसन्धानमा बाधा पुर्‍याउने तथा प्रहरी संगठनको समेत प्रतिष्ठामा आँच पुर्‍याउने गरी गलत समाचार प्रकाशित’ गरिएको सीआईबीको विज्ञप्तिमा उल्लेख छ। 

घटनामा संलग्न दोषि हालसम्म खुल्न नआएको अवस्थामा सापकोटाले फेसबुकमा भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्ति र मृतकको तस्बिर पोस्ट गरी सेयर  गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

संवैधानिक मौलिक हकको समेत प्रतिकुल हुने र आधारबिना पीडित परिवारलाई अझै पीडित बनाउने गरी यस किसिमका सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्रीहरूले सामाजिक प्रतिष्ठामा आँच आउने तथा घृणा र द्वेष फैलाउने सीआईबीको भनाइ छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।