शुक्रबार, वैशाख १४, २०८१

एक महिलाले दुई गर्भबाट एकै पटक दुई सन्तान जन्माएपछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी– सामान्यतया एक आमाले जुम्ल्याह, तिम्ल्याह सन्तान जन्माएका खबर सामान्य बन्न थालेका छन् । किनकि, यस्ता घटना पटक-पटक दोहोरिरहन्छन् । तर, एकै आमाले एकैपटक दुई फरक गर्भबाट सन्तान जन्माउने कुरा भने हामीलाई धेरै नौलो लाग्छ । नौलो लाग्नु पनि स्वाभाविक हो । एक महिला, एउटै समय, दुई गर्भबाट सन्तान जन्माउने घटना ५० करोडमा एक हुने चिकित्सकको दाबी छ । 

यही ५० करोडमा एक परेकी छन्, जेनिफर एसउड । जेनिफरले दुर्इ कोखबाट दुई सन्तान जन्माइकी छन् । यो अवस्थालाई वैज्ञानिक र चिकित्सकीय भाषामा ‘डबल युटेरस’ भन्ने गरिन्छ । 

डबल युटेरसमा एक महिलाको शरीरमा दुई वटा पाठेघर रहने अवस्था हो । यस अवस्थामा गर्भ पनि दुइटैमा बस्न जान्छ । जेनिफरको सन्दर्भमा पनि यस्तै भएको छ । उनका दुई वटा मुटु आकारका पाठेघर छन् । 

उनी  ३१ वर्ष हुदाँ गर्भवती भएकी थिइन् । यसअघि पनि एक सन्तानकी आमा भइसकेकी उनमा पहिलो गर्भका बेला यो अवस्था आएको थियो। 

जब उनी गर्भ रहेको करिब २० सातापछि जाँच गराउन गइन्, चकित परिन् । डाक्टरले जेनफिरका दुइटा पाठेघर रहेको र दुवैमा एक-एक सन्तान रहेको बताए । श्रीमान एन्ड्री हाउससँगै अस्पताल पुगेकी उनी दुवै डेलिभरीलार्इ लिएर धेरै डराएकी थिइन्। तर, दुवै सन्तान र आमाको स्वास्थ्य राम्रो भएर बच्चाहरूको जन्म भयो। उनीहरूका दुई सन्तान पोपी र पिरा हाउस ३४ सातामा जन्मिए । 

डबल युटेरस प्राय: वंशानुगत गुणले गर्दा हुने गरेको छ । यस्तो अवस्थामा अप्रेसन गरेर डेलिभरी गर्ने गरिन्छ । जसका कारण दुवै बच्चालाई खतरा हुँदैन । 

कसरी पहिचान हुनसक्छ ?

प्राय: महिलाहरू यसबारेमा जानकार हुँदैनन् । गर्भ तुहिरहनु र अत्यधिक रगत बग्नु, महिनावारीमा सहने नसक्ने गरी पेट दुख्नु आदि यसका लक्षण हुन् । तर, यो प्रकारको अवस्था विरलै पाइन्छ । ‘मिलियन इन वान’ भन्ने गरिन्छ । 

जेनिफरले पनि आफू आमाको गर्भमा रहँदा भएको ‘मिडलाइन एब्नरमलटी’को कारण यस्तो भएको बताइन् । 

उनलाई अहिले ‘मिलियन इन वान ममी’ ले पनि चिनिन्छ। जेनिफर र एन्ड्री हाउस अहिले अाठ वर्षिय मिली हाउस र दुई नयाँ सन्तानका साथ इंग्ल्यान्डको क्याबोर्नमा बस्दै आएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्