शुक्रबार, वैशाख १४, २०८१

हुवाइको नोभा थ्री र नोभा थ्री आइ सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनियाँ फोन उत्पादक कम्पनी हुवाइको नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू; नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरिएका छन्।

काठमाण्डौँको होटल याक एण्ड यतिमा सोमबार आयोजित एक भव्य समारोहबीच सञ्चारकर्मी तथा सेलिब्रेटीहरूको उपस्थितिमा नोभा थ्री तथा नोभा थ्री आई औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

हुवाइको नोभा सिरिजअन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नेपाली बजारमा सार्वजनिक भएसँगै ग्राहकहरूले नोभा थ्री तथा नोभा थ्री आई अग्रिम रूपमै बुक गर्न सक्ने कम्पनीले जनाएको छ। बुक गर्ने ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नसक्ने पनि जनाइएको छ। यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरूलाई बुक गरिहाल्न पनि हुवाइले आग्रह पनि गरेको छ।
 
मानव जीवनलाई पूर्ण सहज बनाउने गरी बनाइएको आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी जडान गरिएको छ।

हुवाइ नोभा थ्री तथा हुवाइ नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू,२४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ। प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ।

क्यामरामा भएका दुईवटा सेन्सरले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्दछ। सेल्फी खिच्ने मजालाई बढाउन हुवाइ नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ।

हुवाइ नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ। 

हुवाई नोभा थ्री आईमा शक्तिशाला रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।  

उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हुवाईलाई फेसनएबल बनाएको छ। दुवै स्मार्टफोनहरूमा पछिल्लो पुस्ताको विशेषताहरू छन्, ६.३ न्च एफएचडीं९२३४०ह्१०८०० १९।५स्९ को फूल भ्यू। यी विशेषताहरुका कारण दुवै स्मार्टफोनहरूले ठूलो र स्पष्ट फोटोहरू खिच्दछन्। साथै अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा यी स्मार्टफोनहरूको आकर्षक र पातलो पनि छ। 

दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन्।हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ (आइरिस ब्लू)। हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ।

हुवाई नोभा थ्रीको दुवै पट्टि स्मुथ डबल कर्भ ग्लास प्यानलले ढाकिएको छ भने पछाडिको प्यानलले रंगको ईभेक्टलाई अझ निखार्छ। त्यस्तै हुवाई नोभा थ्री आईमा नानो-टेक्चर्ड फिल्म जस्तो विशेषता छ, जुन जब प्रकाशमुनि राखिन्छ तब सेमी-सर्कुलर कर्भहरूबाट प्रष्ट मनमोहक ग्रेडियन्ट ईभेक्ट देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्