शनिबार, वैशाख १५, २०८१

१५ करोड लगानीमा 'फिन-टिच' सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-मुलुकमा वित्तिय साक्षरता बढाउने उद्देश्य अनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन-टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । चार बर्षको लामो अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम डिजाइन गरेर कार्यक्रम सार्वजनिक गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कार्यक्रम निर्देशक अस्मिता अधिकारीले बताइन ।

सन् २०१४ मा स्थापना भएको अन्ट्रप्रनर्स नेपालले शुरुमा देशमा उद्यमशिलता विकास सम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै नेपाली युवा वित्तीय साक्षरता अभावकै कारण उद्यमशीलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निकाल्दै संस्थाले सो कार्यक्रम सार्वजनिक गर्न लागेको उनको भनाइ छ । 

संस्थाले 'साक्षर मात्र होइन वित्तिय साक्षर बनौं' भन्ने नाराका साथ २ बर्षको कार्याक्रम सार्वजनिक गर्ने भएको हो । करिब १५ करोड रुपैयाँको लगानीमा सार्वजनिक गर्न लागिएको उक्त कार्यक्रमले स्कुल, कलेजदेखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाइने निर्देशक अधिकारीको भनाइ छ । 

उनकाअनुसार कार्यक्रम विशेषगरी फिन-टिचले ६ देखि ९, ११ र १२ कक्षा लागायत उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाईन गरेको छ । १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाईन गरिएको हो । कार्यक्रम २ बर्षको लागि तयार पारिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्