शुक्रबार, वैशाख १४, २०८१

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बढायो सतर्कता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नवलपरासी- भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । 

सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।  

करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल- भारत क्षेत्रमा पश्चिममा सनईदेखि पूर्वमा सुस्तासम्म गरी कूल १६ वटा सीमा स्तम्भ छन् । 

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । 

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको समेत कार्य क्षेत्र रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरअन्तर्गत जिल्ला कमाण्ड पोष्ट एक, अस्थायी पोष्ट एक, बिओपी तीन, औद्योगिक सुरक्षा बेस दुई र सुरक्षा बेस तीन छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।