शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता

डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- चिकित्सा शिक्षा सुधारको माग राख्दै २६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै नागरिक सरोकार समूह कर्णाली प्रदेशले ऐक्यवद्धता जनाएको छ। 

बुधबार वीरेन्द्रनगरमा  पत्रकार सम्मेलनमार्फ ऐक्यबद्धता जनाएको जानकारी दिएका हुन्। र्काक्रममा बोल्दै समाजसेवी गेहेन्द्र दाहालले डा केसी सर्वसाधारण जनताको चिकित्सा शिक्षा र स्वास्थ्य उपचारका विषयमा लडिरहेको उल्लेख गर्दै यस अभियानमा सबैलार्इ साथ दिनसमेत आग्रह गरेका हुन्।  

उनले एकपटक विभिन्न पेसामा आबद्ध व्यक्तिहरुले नेपाली नागरिक भएर सोच्नुपर्नेमा जोड दिए। दाहालले आफुहरु पार्टीको हिस्सा त्यागेर भए पनि केसीको मागमा साथ दिनको लागि नागरिक सरोकार समूह गठन गरेको जानकारी दिए।

डाक्टर केसीका माग जनताकै माग भएकोले त्यसलाई पुरा गर्नको लागि नागरिक समाज गठन गरिएको समेत उनले जानकारी दिए। अर्का समाजसेवी कविराम पुरीले जनताको रगतले उत्पादन भएको प्रदेशमा कुनै पनि कुरा पाउनको लागि राजनितिक दलमा विभाजित हुनु नपर्नेमा जोड दिए। 

कार्यक्रमा बोल्दै डाक्टर नवराज केसीले पछिल्लो समयमा निजि मेडिकलहरुमा विभिन्न किसिमको विकृति आएको उल्लेख गर्दै भने, 'डाक्टर केसीले स्वास्थ्य क्षेत्रको बारेमा कुनै पनि पार्टीसंगको युद्ध नभएर जनताको मागका लागि अडान लिनु भएको छ। यसमा सबैले साग दिनु पर्छ।' 

कार्यक्रममा बोल्दै नागरिक सरोकारका सदस्य प्रचण्ड पोखरेलले सरकारलाई केसीको मागमा घचघच्याउने उद्देश्यले नागरिक सरोकार समूह स्थापना गरिएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।