शुक्रबार, वैशाख १४, २०८१

'माफियाले मुलुक चलाए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुक माफियाले चलाईरहेको आरोप लगाएका छन्। 

नेपाल महिला संघ काठमाडौंले आइतबार आयोजना गरेको एक दिने बिचार गोष्ठीमा नेता पौडेलले नेपालमा कम्युनिष्टहरुले नभइ मुलुक माफियाले चलाइरहेको बताएका हुन्। 'नेपालमा कम्युनिजम ल्याउने होइन, नयाँ शोषक वर्ग जन्माउनेवाला छन्' पौडेलले भने 'अहिले देश माफियाले चलाइरहेको छ। लालझण्डा ओढेपछि सवै खत माफ हुने अवस्था आएको छ।'

पौडेलले नयाँ शोषक वर्गको जन्म कम्युनिष्टहरुले दिदै गरेको दाबी गर्दै त्यसको खबरदारी गाँउ गाँउबाट गर्न जरुरी भएको बताए। उनले महिला नेतृहरुलाई 'महिलाको मात्र नेता हुने कि सिंगो देशको नेता हुने्?' भनी प्रश्न गरेका थिए। 

'अब महिलाहरुले महिलाका मुद्दामा नभएर राष्ट्रको मुद्दामा बोल्ने तागत राख्नुपर्छ', नेता पौडेलले भने ' मैले अरुले देश चलाएको देख्दा आफैलाई खसखस लागेको थियो तर मैले मुलुक चलाउने मौका पाइन्।'

उनले मुलुक राम्रोसँग चलाउँछु भन्ने आफूलाई लागे पनि मन्त्री हुँदा धेरै कार्यक्रम ल्याएको तर ती कार्यक्रम कार्यान्वयनमा नआएको बताए। 

पार्टीको सत्तापक्षको अवरोधकाबीच महिला संघले कार्यक्रम गर्न सकेको भन्दै उनले भेला राष्ट्रिय रुपमा सोचिए पनि कार्यक्रम रोक्न धेरै कोशिस भएको जनाए। 'यो कार्यक्रमले एउटा तरङ पैदा गरेको छ', पौडेलले भने 'चुनावमा पार्टी पराजित भएको बिषयलाई हेटौडा जिल्ला सभापतिको भेलामा सभापतिले आफ्नो गल्ती महशुस गर्नुभयो।'

उनले अब महिला संघको नेतृत्वबाट भएका गल्तीको महशुस गरिने वताए। उनले नेपाली कांग्रेसका उम्मेदवारहरुले तीनै तहको चुनावमा महिला संघ कहिँकतै नभेटाएको दुखेसो पोखे। 'अब महिला संघको संगठन सवै स्थानीय तहका वडाहरुमा पुग्न जरुरी छ' पौडेलले भने 'स्थानीय र संघीय संसदको निर्वाचनमा बरु आमा समूहले सहयोग गरे तर महिला संघ भेटिएन।'
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।