शनिबार, वैशाख १५, २०८१

१६ हजारमा दुर्इ नागरिकता रद्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४-७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ। 

वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन्। जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा दुई नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताए । 

यसैगरी कार्यालयमा सार्वजनिक अपराध, हातहतियार एवं खरखजाना, सवारी क्षतिपूर्ति र खाद्यतर्फ न्यून गुणस्तरका गरी ५१२ मुद्दा दर्ता भएको मुद्दा शाखाले जनाएको छ। सो अवधिमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका मुद्दा २८० थान गरी कूल ७९२ नयाँ र पुरानो मुद्दा २८१ थान फैसला भइसकेको बताइएको छ । 

साथै जिप्रका मोरङले गत आवमा राहदानीबाट कूल रु चार करोड ४७ लाख २२ हजार ५०० राजस्व संकलन गरेको लेखापाल होमराज बस्नेतले बताए। सो अवधिमा पुरुष सात हजार ७५३ र महिला दुई हजार ५१७ जनाले राहदानी लिए। राहदानीका लागि पुरुष एक हजार ७९० र महिला एक हजार २७५ जनालाई सिफारिस गरिएको राहदानी शाखाका कर्मचारी परशुराम दाहालले जानकारी दिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।