शुक्रबार, वैशाख १४, २०८१

५० करोडको खोप खरिदमा कमिसनको खेल! सिनियरलाई पन्छाएर जुनियरलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी

कान्ति बाल अस्पतालमा निर्देशकको रुपमा काम गरिरहेका ११ औं तहका चिकित्सक डा. बिच्छा विभागको निमित्त महानिर्देशकको रुपमा विभागमा आएपछि स्वास्थ्य क्षेत्रमा असन्तुष्टि पैदा भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– गएको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई नियुक्त गरे। डा. बिच्छालाई नियुक्त गर्नुअगाडि विभागका १२ औं तहका दिपेन्द्ररमण सिंह महानिर्देशकको रुपमा थिए। 

triton college

कान्ति बाल अस्पतालमा निर्देशकको रुपमा काम गरिरहेका ११ औं तहका चिकित्सक डा. बिच्छा विभागको निमित्त महानिर्देशकको रुपमा विभागमा आएपछि स्वास्थ्य क्षेत्रमा असन्तुष्टि पैदा भएको छ। 

११ औं तहका व्यक्तिलाई निमित्त महानिर्देशकको भूमिका दिएकाले मात्रै स्वास्थ्यका कर्मचारीले असन्तुष्टि जनाएका होइनन्। डा. बिच्छाभन्दा सिनियर १० जना हुँदाहुँदै उनले महानिर्देशकको भूमिका पाएपछि कर्मचारीहरु रुष्ट बनेका छन्। स्वास्थ्य सेवा विभागमै पनि उनीभन्दा सिनियर २ जना छन्– डा. तारानाथ पोखरेल र डा. भिमसिंह तिंकरी। जुनियर कर्मचारीको नियन्त्रणमा रहेर काम गर्नुपर्दा उनीहरुलाई पनि अप्ठ्यारो परेको छ। उनीहरुले खुलेर विरोध गर्न नसके पनि जुनियरको अन्डरमा काम गर्नुपर्दा सकस हुने विभाग स्रोतले बताएको छ। 

डा. बिच्छाभन्दा डा. भिमसिंह तिंकरी, डा. गुणराज लोहनी, डा. तारानाथ पोखरेल, डा. तारानाथ पौडेल, सुनिलराज शर्मा, डा. कृष्ण पौडेल, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, डा. संगीता कौशल मिश्रा, डा. श्यामसुन्दर यादव र डा. श्रीकृष्ण श्रेष्ठ सिनियर हुन्। 

डा. बिच्छाले उमेर हदका कारण आगामी ६ कात्तिकमा अनिवार्य अवकास पाउँदैछन्। २०४८ सालमा स्वास्थ्य सेवा प्रवेश गरेका बिच्छा ११ चैत २०७० मा उनी ११ औं तहमा बढुवा भएका थिए। बिच्छाले सरकारी सेवाबाट अवकाश पाउनको लागि ३ महिना पनि बाँकी छैन। तीन महिना पनि पूरै नरहने जुनियर व्यक्तिलाई विभागको महानिर्देशकमा ल्याउनुमा स्वास्थ्यका कर्मचारीहरु मात्रै होइन, पूर्वमन्त्रीहरु पनि सन्तुष्ट छैनन्। 

स्वास्थ्य सेवा विभाग कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनको प्रमुख जिम्मेवारी पाएको विभाग हो। यो समयमा डा. विच्छालाई विभागको महानिर्देशकमा ल्याउनुमा प्रधानमन्त्री पत्नी आरजु राणाको हात रहेको बताइन्छ। डा. बिच्छा परिवार स्वास्थ्य महाशाखामा हुँदा डा. राणासँग नजिक भएका थिए। राणा महिला स्वास्थ्यको विषयमा काम गर्ने एक संस्थामा आवद्ध हुँदा नजिक भएकी थिइन्। 

corrent noodles
Metro Mart

तीन महिनाको लागि मात्रै सरकारी सेवामा रहने डा. विच्छालाई महानिर्देशक बनाउनको मुख्य कारण खोप खरिद र त्यसबाट आउने कमिसन देखिएको स्रोतको दाबी छ। असोजसम्ममा ३२ लाख डोज खोप अनुदानमा आउँदैछ भने ७० लाख डोज सरकारले खरिद गर्ने बताइसकेको छ। स्रोतका अनुसार सरकारले असोजसम्ममा करिब ५ अर्ब रुपैयाँबराबरको खोप खरिद गर्दैछ। खोप खरिदको जिम्मा स्वास्थ्य सेवा विभागलाई छ। 

हालसम्म कोभिड खोप खरिद जीटुजी अर्थात् सरकार–सरकार तहमा भइरहेको छ। स्रोतका अनुसार सरकारले अबको खरिदमा एजेन्टको उपस्थित गराउने रणनीति बनाएको छ। त्यसरी किन्दा कमिसन खान पाइने जानकारहरु बताउँछन्। 

औषधि तथा खोप खरिदमा एजेन्टको संलग्नता भएमा कानुनी रुपमा नै स्वतः १० प्रतिशत कसिसन लिन पाइन्छ। सोहीअनुरुप ५ अर्ब बराबरको खोपमा १० प्रतिशत अर्थात् ५० करोड कमिसनका लािग डा. विच्छालाई स्वास्थ्य सेवा विभागमा ल्याइएको बताइएको छ। 

स्रोतका अनुसार विभागका निवर्तमान महानिर्देशक दिपेन्द्ररमण सिंह पनि यी गतिविधिप्रति सन्तुष्ट छैनन्। दिपेन्द्ररमणलाई विभागबाट हटाउनुपर्ने कुनै कारण नभएको मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ। 

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि डा. विच्छालाई विभागको महानिर्देशकमा नियुक्त गरिएकोमा विरोध जनाएका छन्। बिहीबार स्वास्थ्य समितिको बैठकमा अधिकारीले सिनियरलाई पन्छाएर जुनियरलाई स्थान दिने काम उचित नभएको बताए। स्वास्थ्यको संरचना भद्रगोल भएको भन्दै उनले अहिलेसम्मका स्वास्थ्य मन्त्रीहरुले यसरी संरचना नै बिगार्ने गरी काम नगरेको उनले सुनाए।

स्वास्थ्य सेवा विभागमा १२ औं तहको कर्मचारीको दरबन्दी हुनुपर्नेमा भएको १२ औं तहलाई पनि हटाएर जुनियरलाई किन लगियो भन्ने अधिकारीले प्रश्न गरेका छन्। भने, ‘कान्ति बाल अस्पतालको निर्देशक हटाएर किन १२ औं तहको कर्मचारी हुने ठाउँमा उहाँलाई लगियो? १२ औं तहको व्यक्तिलाई तत्काल स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाऔं, यसरी चल्दैन।’ 


प्रकाशित: Aug 06, 2021| 14:06 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्