शुक्रबार, वैशाख १४, २०८१

साउनको पर्याय मेहन्दी : हेर्नुहोस् फाइदै फाइदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रातो सारी र हरियो चुरा पोते साउन महिनामा सजिने महिलाहरुको पहिचान हो । त्यसमा पनि हातमा लगाइने मेहन्दीले आकर्षक बनाएको हुन्छ । 

यो महिना हरियो चुरा पोते, रातो सारी र मेहन्दीको महिनाका रुपमा परिचित छ । पहिले साउन सक्रान्तिमा महिला तथा पुरुष दुवैले ‘तिहुरे’ लगाएर मनाउने गरेपनि अहिले यो परम्परा शहरमा मेहन्दी र ग्रामिण भेगमा तिहुरे लगाउने दिनको रुपमा मनाउने गरिन्छ । 

यो महिनामा महिला दिदीबहिनीहरुले प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । 



मेहेन्दीको प्रयोग पाँच हजार वर्ष अघिदेखि नै सुरू भएको हो । एउटा संस्कारको रुपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा विकास भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा पुर्‍याउँछ । 

मेहेन्दीको महत्व

मेहेन्दी हीनाको पातबाट बन्ने पाउडररको पेस्ट हो । हीनाको आफ्नै फाइदा छन् । जसमाः शरीरमा रक्त सञ्चालन पनि हुन्छ । परापूर्वकालमा हीनाबाट प्रयोग हुने यसको प्रयोग विवाह भएको श्रीमान् श्रीमतीको जोडी सुमधुर राख्न र स्वास्थाको लागि भएको छ ।    

मेहेन्दीले हाम्रो शरीरको रक्त सञ्चारलाई सन्तुलनमा राख्छ । हीनाको विशेषता नै कुल बनाउनु भएकाले मेहन्दीको प्रयोगले आफैंमा कुल बनाउन सहयोग गर्दछ । 
यसैगरी, विवाहमा मेहेन्दीको प्रयोग पनि निकै सान्र्दभिक छ ।  विवाहको सकयमा तनाव ज्यादा हुने हुदाँ मेहेन्दीले केही मात्रामा कुल गराउछ । त्यस्तै, नजिकिदो विवाहको समयमा आउने अनौछिक प्रकारको इच्छालाई कन्ट्रोल गर्छ । 



मेहन्दीको प्रयोग १९९० देखि पश्चिमी मुलुकबाट शुरु भएको इतिहास छ । ग्रीसकी सुन्दरी क्लिोप्याट्रराले पनि हेनाको प्रयोग गर्ने गरेकी थिइन् । त्यस्तै, मडोना, सेना,  यासिमी ब्रिलिथ जस्ता सेलब्रटीहरूले पनि मेहन्दीको लगाउने गरेकाछन् ।


तस्बिर: सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्