शुक्रबार, वैशाख १४, २०८१

लक्ष्यभन्दा बढी उठ्यो राजश्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-गएको आर्थिक वर्ष ०७४/७५ मा सात खर्ब ३१ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम सरकारले लिएको  लक्ष्यभन्दा एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बढि राजस्व संकलन भएको हो  । गएको अव ०७४/७५ सरकारले सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको बजेटमा उल्लेख छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुसार आइतबारसम्ममा मात्रै पनि सात खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सोमबार एक दिनमै १७ अर्ब पाँच करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको  छ ।
 
अर्थमन्त्रलयको अनुसार अझै केही जिल्लाबाट विवरण आउन बाँकी रहेको  अर्थ मन्त्रालयको भनाइ छ । त्यसो भए अझै राजस्व संकलन बढ्ने बताएको छ ।  
पछिल्लो  आर्थिक सर्वेक्षणमा भने सात खर्ब २८ अर्ब रुपैयाँ मात्र राजस्व उठ्ने अनुमान गरिएको थियो ।

गएको  आवको लागि सरकारले १२ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । जसमा करिब चार खर्ब रुपैयाँ बढी रकम विदेशी अनुदान, आन्तरिक र बाह्य ऋणको भार परेको छ ।

त्यस्तै आगामी आव २०७५/७६ को लागि सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजना  गरेको छ । कुल विनियोजममध्ये चालुतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख , विक्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको  छ । 

आगामी आर्थिक वर्षमा राजस्वबाट आठ खर्ब ३१ अर्ब ३१ करोड  ८० लाख रुपैयाँ  उठाउने सरकारले  लक्ष्य राखेको  छ ।  त्यसबाहेक  वैदेशिक अनुदानबाट  ८५ अर्ब ८१ करोड ५५ लाख, वैदेशीक ऋणबाट दुई खर्ब ५३ अर्ब दुई करोड ८२ लाख, बाँकी आन्तरिक ऋणबाट बेहोर्ने बताइएको  छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्