शुक्रबार, वैशाख १४, २०८१

सामूहिक बलात्कारको आरोपमा चार युवा पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
लहान- एक महिलालाई जर्बजस्तीकरणी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। आइतबार राती औषधि किन्न बजार गएकी एक महिलालाई स्कोर्पियो जीपमा जर्बजस्ती चढाई सामूहिक बलात्कार गरेको आरोपमा गाइघाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सिरहाको लहान-उदयपुर सडक खण्डमा पर्ने लालपत्ता जंगलमा उनीहरुले महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ। सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बा १४ च ६८१७ नम्बर स्कोर्पियोका चालक सिरहा मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह, लहान नगरपालिका ७ का २४ वर्षीय अमित साह, २५ वर्षीय सन्देश गुप्ता र विवेक साह रहेको पक्राउ गरेको छ। 

पक्राउ परेका चारैजनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले फ्रान्सले विश्वकप जितेको खुशीयालीमा मदिरा सेवन गरी  मातेको अवस्थामा रहेका चारजनाले औषधि किन्न गएकी महिलालाई अपहरण पश्चात सामूहिक बलात्कार गरेको जनाए। लहान बजारमा औषधि किन्न गएकी महिलाले रक्सी सेवन गरेका चारजना युवाले गाडीमा जर्बजस्ती बलात्कार गरेको बयान दिएको उनले बताए।

चारजना युवाहरुले महिलालाई गाडीमा राखी गाईघाटतर्फ जाने क्रमममा लालपत्ता प्रहरी चौकी अगाडी चेकजाँच गरिएको थियो। चेकजाँचको क्रममा प्रहरीले ती महिला को हुन भनेर प्रश्नगर्दा युवाहरुले दिदी रहेको बताएका थिए। तर, निर्वस्त्र अवस्थामा रहेकी ती महिलाले चिच्याउँदै म दिदी होइन भनेपछि लालपत्ता प्रहरी चौकीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

लहानबाट गाईघाट २६ किलोमिटरको दुरीमा छ। आतेजाते ५२ किलोमिटर हुन्छ। अनि जंगलमा रोकेर पनि चारैजनालै पालैपालो बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन्। पक्राउ परेका चारैजना विरुद्ध अपहरण तथा जबर्जस्ती करणी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।