शुक्रबार, वैशाख १४, २०८१

बाढीपछि यस्तो छ मेलम्चीको हाल [२० तस्बिरमा]

मेलम्चीको पुरानो बजारमा खोलो बगिरहेको छ। बाढीले पोलहरू ढल्दा बिजुली तथा टेलिफोनको लाइन अवरुद्ध छ। मेलम्ची, इन्द्रावती, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकाबीच सडक सञ्जाल टुटेपछि त्यस भेगका मानिस पैदल यात्रा गर्न बाध्य छन्।
 |  शुक्रबार, साउन २२, २०७८

महेश श्रेष्ठ

महेश श्रेष्ठ

शुक्रबार, साउन २२, २०७८

मेलम्ची (सिन्धुपाल्चोक)– असार १ गते मेलम्चीमा आएको बाढीले पुरेका घर र संरचना जोगाउन बजारवासी आफैं जुटेका छन्। बाढी गएको लामो समय भइसक्दा पनि स्थानीय सरकारले बेवास्ता गरेपछि बस्ती जोगाउन स्थानीय बासिन्दा सक्रिय भएका हुन्। 

triton college

नागरिकस्तरबाट मेलम्ची बचाउका लागि स्थानीय महावीर श्रेष्ठको नेतृत्वमा मेलम्ची पुनर्निर्माण तथा सरोकार समिति सक्रिय छ। समितिको अगुवाइमा बजार जोगाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीले सरसफाइदेखि तटबन्धको काम गरिरहेका छन्। 

मेलम्ची बचाउमा स्थानीय सरकार मौन रहेपछि देशविदेशबाट छाक कटाएर भए पनि मेलम्ची बचाउ अभियानमा विभिन्न ब्यक्तिले सहयोग गरेको पुनर्निर्माण अभियन्ता सागर श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘स्थानीय सरकारले वास्ता गरेन। मेलम्ची बजारमा थप जोखिम हुने अवस्था आएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सक्रियतामा दिनदिनै  खोला छेक्नका लागि प्रयास भएका छन्। अहिले जालीमा ढुंगा भरेर खोला छेक्ने काम भइरहेको छ।’ स्थानीय घरधनी बजार सरफाइमा जुटेका छन्। 

पीडितलाई  सुरुको १२ दिन नेपाली सेनाको ब्यारेक र इन्द्रेश्वरी स्कुलमा राखिएको थियो। उनीहरु अहिले भाडाका कोठामा बसिरहेका छन्। वडा नम्बर ६ र १० नम्बर वडाका पीडितलाई भने साममुदायिक भवनमा राखिएको छ।

पीडितको व्यवस्थापनमा विलम्ब भएको भन्दै स्थानीयले विरोध गरेका छन्। यस क्रममा मेलम्ची नगरपालिका कार्यालय घेराउ गरिएको थियो। 

corrent noodles
Metro Mart

उता मेलम्ची नगरपालिकाले भने स्थानीयको यस्तो कदमको विरोध गरेको छ। पहिरो गएको मुहान् क्षेत्रबाट अझै पनि बाढी आउने सम्भावना रहेकाले मेलम्चीको तल्लो बजारका घर सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमको हिसाबले उपयुक्त नभएको नगरपालिका प्रमुख डम्बर अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘वर्षातको समयमा अति उच्च जोखिममा रहेका स्थानमा घर सफा गर्ने, मर्मत गर्ने र फेरि सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य गरिरहेकोमा ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

तालामाराङदेखि ढाडखोला किनारमा रहेको वस्तीलाई संरक्षण गर्ने देखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए। उनले भने, ‘मेलम्ची बजारमा तटबन्ध निर्माणका लागि निकै प्रयास गरे पनि सम्भव हुन सकेन। तर प्रयास जारी राखेका छौं।’

अर्यालले बजार जोगाउने प्रयास जारी रहे पनि खोलाको बहाव माथिमाथि आइरहेकाले समस्या आइरहेको बताए। मेलम्चीमा बजारमा धार फर्काउने प्रयत्न गर्दा क्षति न्यूनीकरण भए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ। 

असार १ गते र साउन १७ गते आएको बाढीका कारण नगरपालिकाभित्र १९७ घरमा क्षति पुगेको मेलम्ची नगरपालिकाको तथ्यांक छ। उनीहरूलाई पहिलो पटक ५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको भनाइ छ। उनले भने, ‘प्रदेश सरकार र संघीय सरकारलाई मेलम्ची बजार र फट्टेमा नदीमा दुई वटा बेली ब्रिज बनाउन अनुरोध गरिएको छ।’ 

उता पुलको स्थायी संरचनाका विषयमा अध्ययन गर्न सडक विभागको टोली मेलम्चीमा खटिएको छ। जोखिम कायमै रहेकाले मेलम्चीका दुई ठाउँमा साइरन राखिएको छ। नगरवासीको जिउधनको सुरक्षा र संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने दाबी नगरपालिकाले गरेको छ।

मेलम्चीको पुरानो बजारमा खोलो बगिरहेको छ। बाढीले  पोलहरू ढल्दा बिजुली तथा टेलिफोनको लाइन अवरुद्ध छ। मेलम्ची, इन्द्रावती, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकाबीच सडक सञ्जाल टुटेपछि त्यस भेगका मानिस पैदल यात्रा गर्न बाध्य छन्।

बाढीले ७ वटा पक्की पुल तथा १४ वटा झोलुंगे पुल बगाएको छ भने मध्यपहाडी लोकमार्गमा पर्ने बाहुनेपाटीको पक्की पुलमा पनि क्षति पुगेको छ। चार करोड रुपैयाँ खर्चेर बनाइएको ग्रिनसिटी पार्क, निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल र रेडियो मेलम्ची भवनको बगाएको छ।

   





















प्रकाशित: Aug 06, 2021| 12:16 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।