शनिबार, वैशाख १५, २०८१

मेस्सीले २१ वर्षपछि छोडे बार्सिलोना

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले २१ वर्षपछि क्याटलान क्लब बार्सिलोना छोडेका छन्। मेस्सी र बार्सिलोनबीचको सम्झौंता टुंगोमा पुग्न नसकेपछि उनले बार्सिलोछना छोड्ने पक्का भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले २१ वर्षपछि क्याटलान क्लब बार्सिलोना छोडेका छन्। मेस्सी र बार्सिलोनाबीचको सम्झौंता टुंगोमा पुग्न नसकेपछि उनले बार्सिलोछना छोड्ने पक्का भएको छ।

triton college

बार्सिलोनाले सूचना जारी गर्दै मेस्सी क्लबमा बस्न नसक्नुको कारण ला लिगाको तलब सम्बिन्धि व्यवस्था रहेको बताइएको छ।

गएको जुलाई १ बाट उनको सम्झौता सकिएपछि नै ३४ वर्षीय मेस्सी फ्रि एजेन्ट भएका थिए। त्यपछि उनी र बार्सिलोनाबीच एक मौखिक सहमति भएको बार्सिलोनाले जानकारी दिएको थियो।

र, हुने भनिएको सम्झौतामा तलब घटाउने प्रस्ताव गरिएको थियो। तर, दुई हप्तापछि बार्सिलोनाले अन्य खेलाडीको तलब मिलान गर्न उनलाई नराख्ने निधो गरेको छ।

‘दुवै पार्टी, मेस्सी र बार्सिलोनाले सम्झौता नविकरण गर्ने इच्छा देखाए पनि त्यो हुन सकेन। त्यसमा दुवैले खेद् प्रकट गरेका छन्,’ बार्सिलोनाले सूचनामा उल्लेख गरेको छ।

corrent noodles
Metro Mart

यता बार्सिलोनाले मेस्सीसँगको २१ वर्ष लामो  यात्रालाई २०२६ सम्म कामय राख्ने निर्क्यौल गरे पनि उसले त्यो गर्न नसक्नुको कारण ला लिगा रहेको पनि बताएको छ। खेलाडी दर्ता र वित्तिय नियमका सन्दर्भमा उनीसँग नयाँ सम्झौता हुन नसकेको बार्सिलोनाको मत छ।

यता उनको सम्झौता नविकरण गर्नु पहिले र अन्य खेलाडी ल्याउनुभन्दा पहिलो क्लबले खेलाडीको तलब घटाउनु पर्ने ला लिगाले बताएको थियो।

‘बार्सिलोना मेस्सीको प्रतिबद्धताप्रति सम्मान प्रकट गर्दछ। उनको व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना दिन चाहन्छ,’ सूचनामा उल्लेख छ।

मेस्सीले बार्सिलोनाबाट सबैभन्दा धेरै ६७२ गोल गरेका छन्। उनले बार्सिलोनालाई १० ला लिगा उपाधि जिताएका छन् भने चार च्याम्पियन्स लिग, सात कोपा डेल रेसँगै छ पटक बालोन डोर अवार्ड जितेका छन्।

यता बार्सिलोनाका अध्यक्ष जुबन लोपोर्टाले मेस्सीलाई क्लबमा राख्ने पहिलो प्राथमिकता रहेको बताएका थिए। अर्जेन्टिनी फरवार्ड मेस्सी अहिले सर्वाधिक माग गरिएको खेलाडीसमेत हुन्।

मेस्सीलाई सर्वकालिन उत्कृष्ट फुटबलरको रूपमा पनि चिनिन्छ। उनले केही समय अघि मात्र कोपा अमेरिकाको पनि उपाधि जितेका थिए। केही समय अघि मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग पनि जोडिएको थियो।

तर, उनले बार्सिलोनामै आफ्नो यात्रा जारी गरेका थिए। पछिल्लो सिजन बार्सिलोनाले क्लब छोडन नदिएपछि उनको सिटी तर्फको यात्रा रोकिएको थियो। मेस्सी आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीमा खेल्न चहान्थे।

तर, उनको त्यो सपना गत  साल साकार हुन सकेको थिएन्। उनले आफू बार्सिलोना छोड्ने बताएको एक वर्षपछि आधिकारिक रूपमा बाहिरिए। यता उनी अमेरिकाको मेजर लिग सकरमा जानसक्ने पनि बताइएको थियो।

सकियो बार्सिलोनामा मेस्सीको युग

उनी १३ वर्षको हुँदा बार्सिलोनामा अनुबन्ध भएका थिए। त्यसपछि सन् २००० मा ला मासियाको विद्यार्थी बनेका मेस्सीले २००४ मा सिनियर टिममा डेब्यू गरेका थिए।

१६ वर्षको उमेरमा डेब्यू गरेका उनले १८ वर्षे फुटबल करियरमा बार्सिलोनाको टिमबाट ७७८ खेल खेलेर ६७२ गोल गरेका छन्। त्यस क्रममा उनले १२० च्याम्पियन्स लिग गोल गरेका छन्। यो सर्वाधिक गोलकर्ता रोनाल्डोभन्दा दोस्रो धेरै गोल हो।

यता मेस्सीले ला लिगामा ४७४ गोल गरेका छन्। यता उनले सबैभन्दा धेरै गोल गरेर ६ पटक युरोपियन गोल्डेन बुट पनि जितेका छन्।

प्रकाशित: Aug 06, 2021| 07:14 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।