शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ​सामुहिक बलात्कारपछि हत्या: मायाको सम्झनामा अझै रोकिएन आँशु

​सामुहिक बलात्कारपछि हत्या: मायाको सम्झनामा अझै रोकिएन आँशु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- ‘जसरी मेरो छोरीको सामुहिक बलात्कारबाट विभत्स ढंगले हत्या गरियो त्यसैको जति उनीहरुले सजाय पाए पनि मलार्इ छोरी सम्झदा त्यो पर्‍याप्त लाग्दैन। माया विक कक्षा १२ को परीक्षाफलको पर्खाईमा थिईन्। रिजल्ट आएपछि उच्च शिक्षा अध्ययनका लागि धनगढी या अन्य शहरमा जाने भनेर मनमनै बुनेको योजना उनले कुवेतमा रहेकी आमालाई पनि सुनाई सकेकी थिईन्। 

छोरीको शिक्षादिक्षा र घर परिवारको लालनपालनका लागि सात समुन्द्र पारिको देश कुवेतमा काम गर्न पुगेकी आमाले शहरमा बसेर उच्च शिक्षा अध्ययन गर्ने छोरीको योजना पुरा गर्ने अठोट लगेकी थिइन्। मायाको शहरमा बसी उच्च शिक्षा अध्ययन गरेर ठूलो मान्छे बन्ने योजना र आमा देउसरा बिकको छोरीले चाहेजति पढाउने इच्छा अब चाहेर पनि कहिलै पुरा नहुने भएको छ। कारण माया गाउँकै पाँच जना युवाबाट सामुहिक बलात्कारबाट मृत्युको सिकार बनिन्।

‘गाउँमा पढाई त्यति राम्रो हुँदैन आमा म रिजल्ट आउनेवित्तिकै धनगढी गएर पढ्ने हुँ भनेर छोरीले केहि दिन पहिले मात्र फोनमा भनेकी थिइन्’ देउसराले आँखाबाट बर्बर आँसु झार्दै मायाले भनेको कुरा सम्झिन्,‘शहरमा गई पढेर ठूलो मान्छे बन्ने मेरो छोरीको इच्छा दानवहरुले चकनाचुर पारिदिए।’ धेरै पढेर आफ्नै खुट्टामा उभिने मायाको पहिलो अठोट थियो। परिवारको आर्थिक अवस्था एकदमै नाजुक हुँदा मायाका दाजुले कक्षा १० मा र भाईले कक्षा ७ मा पढाई छोडे। घरको एक्लो छोरी पढाईमा पनि अब्बल भएकाले जसरी पनि उसले चाहेजति पढाउने इच्छा आफ्नो रहेको देउसराले सुनाईन्। 

हक्कि र निडर स्वभावकी माया गाउँमा प्राय सबैको प्रिय थिईन्। आफू पनि गलत काम नगर्ने र साथीभाईलाई पनि नराम्रो बाटोमा लाग्न हुँदैन भनेर सम्झाथिन्, माया। ‘आफू पनि आन्याय नगर्ने र अरुले अन्याय गरेको पनि सहनै नसक्ने छोरीको बानी थियो’ मायाका बुबा हर्कबहादुरले भने,‘आफू माथि अन्याय अत्याचार भएको सहन सकिनन् बरु मृत्यु नै रोजेको देखियो।’ 

अरुलाई लजाउन हुँदैन, गल्ति नगरेमा डराउनु पनि हुँदैन भनेर सम्झाउने छोरी आफैंले यस्तो दुर्दशा भोग्नु परेको उनले सुनाए। घरमा कहिले काँही बिहेको कुरा चल्दा मायाले सिधै भन्ने गर्थिन्, ‘मैले नभन्दा सम्म बिहेको कुरा ननिकाल्नु।' उच्च शिक्षा हासिल गरेर आफ्नो खुट्टमा उभिए पछि मात्र बिहे गर्ने उनको योजना रहेको हर्कबहादुरले सुनाए। छोरीको हातबाट कुनै गल्ती होला भन्ने हर्कलाई कहिलै चिन्ता लागेन। सँगैका सहकर्मीबाट नै यति सम्मको जघन्य कार्य होला भनेर अनुमानसमेत नगरेका उनले जुन कुरा अनुमान थिएन तर वास्तविकता त्यहि सावित हुन पुग्यो।     

छोरीको यस्तो विभत्स खबर सुनेर तीन दिन सम्म बेहोस् बनेकी आमा कुवेतबाट नेपाल आईपुगेकी छिन्। ‘जसरी मेरो छोरीको सामुहिक बलात्कारबाट विभत्स ढंगले हत्या गरियो त्यसैगरी ति दानवहरुलाई शरिरमा चिराचिरा पार्दै नुन खुर्सानी छर्केर गाउँ घुमाएर ज्यानको बदला ज्यान नै लियो भने मात्र आत्म शान्ति हुने थियो ’ आँखाबाट बर्बर झरेका आँसु पुछ्दै उनले बिलौना पोखिन् । कैलालीको गौरीगंगा नगरपालिका ११ की १९ बर्षीया माया विकले गाउँकै पाँच जना युवाबाट सामुहिक बलात्कारका क्रममा मृत्युवरण गरेकी छिन्।
 
घट्नाका मुख्य योजनाकार मायासंगै काम गर्ने ३० बर्षका गणेश बडुवाल सोहि वडाका २७ बर्षका मनोज बोगटी, २१ बर्षका सुरज चौधरी, २० बर्षको भुवन खाती र १९ बर्षका तपेन्द्र बोगटी घट्नामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो। उनीहरु प्रहरी हिरासतमा छन् । असार १५ गते जंगलमा मृत अवस्थामा फेला परेकी माया असार १२ गते बेपत्ता भएकी हुन्। गौरीगंगा नगरपालिकाको समावेशी विकास कार्यक्रम अन्र्तगत वडामा घरधुरी सर्वेक्षणका लागि एक महिने करार सेवामा उनी नियुक्त भएकी थिईन्। मायाको हत्या पछि पीडाले सिंगो गाउँ रोएको स्थानीय खडक विकले सुनाए । सबैको प्रिय मान्छे मायाको घट्नामा संलग्नहरुलाई फासीको सजाय हुनुपर्ने माग गाउँलेहरुले राख्दै आएको पनि उनले सुनाए।
  
दोषिलाई कडा कारबाहिको माग

मायाको बलात्कार पछि हत्यामा संलग्न भनिएकाहरुलाई राजनीतिक दलबाटै उन्मुक्ति दिलाउने चलखेल भईरहेको पीडित परिवारले आशंका व्यक्त गरेका छन् । पीडित परिवारले बिहीबार धनगढीमा पत्रकार सम्मेलनमा घट्नाका मूख्य योजनाकार गणेश बडुवाल, सहयोगी तपेन्द्र बोगटी र मनोज बोगटीलाई निर्दोष रहेको भन्दै उन्मूक्ति दिलाउने राजनीतिक चलखेल भईरहेको सुनाए। मृतक मायाको आमा र बुवाले पत्रकार सम्मेलनमा भने ‘जो मूख्य योजनाकार हो, उसैको समर्थनमा राजनीतिक दल छन्, राज्यसत्ताको पहुँचमा रहेका अपराधिहरुलाई राज्यले कानुनी कार्वाहि गनुपर्छ।’
 
पत्रकार सम्मेलनमा सांसद पूर्णा जोशीले राज्यको माथिल्लो तह सम्म पहुच भएकाहरुबाटै श्रृंखलाबद्ध तरिकाले अपराधिक घटना भईरहेकोमा दुःख व्यक्त गर्दै कानून सबैको लागि बराबर हुनुपर्ने बताईन्। उनले मौजुदा कानुन जघन्य प्रकृतिका अपराधिलाई कार्वाहिका लागि अपुग भइरहेको महशुस गर्दै प्रदेश सरकारले पीडितलाई न्यायोचित हुने थप कानून बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

सांसद दुर्गा बिकले नेपालको कानून समय सापेक्ष परिमार्जन हुनु पर्ने बताउदै प्रदेश सरकारले थप बलियो कानुन बनाउन पहल भईरहेको बताईन् । उनले पीडित परिवारलाई क्षतिपूर्तिको लागि सरकार गम्भिर हुनुपर्नेसमेत बताईन्। सांसद टेकबहादुर रैकाले पनि घट्नाको सत्यतथ्य छानविन गरी दोषि माथि कडा कार्वाहि हुनुपर्नेमा जोड दिए । प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।