शुक्रबार, वैशाख १४, २०८१

नेयमार रियलमा रोनाल्डोको ठाँउ लिने सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ब्राजिल विश्वकपको अन्तिम आठबाटै बाहिरिएपछि समर्थकले नेयमारको चर्को आलोचन गरिरहेका छन्। उनले खेल मैदानमा गरेका एक्टिङ र असन्तोषजनक प्रदर्शनले नेयमारको चर्को आलोचनका सिकार बनेका हुन। 

बेल्जियमविरुद्धको फाइनलमा अपेक्षा अनुसारको प्रदर्शन गर्नबाट नेयमार चुकेपछि उनले समर्थकबाट चर्को आलोचनाको सामना गर्नु परेको थियो। उनको तुलनामा फिलिप्पे काउटिन्होले निकै प्रभावशाली प्रदर्शन गरेका थिए। 

विश्व कपको क्वार्टरफाइनलबाटै बाहिरिनुपर्दा निराश बनेका नेयमार विस्तारै स्वभाविक अवस्थामा फर्कने ब्राजिलियन विश्व कप विजेता पूर्व कप्तान काफुले विश्वास लिएका छन् । ‘हामीले उनीबाट धेरै अपेक्षा राखेका थियौं। नेयमार प्रतिभावान खेलाडी हुन्। 

त्यहि कारण हामी मैदानमा उनीबाट फरक प्रदर्शनको आशा राख्दछौं,’ काफुले भने, ‘त्यसैले ओलचना स्वभाविक हुन आउँछ। उनको प्रदर्शन हामीले चाहे जस्तो थिएन । जनताले अपेक्षा गरेभन्दा उनको प्रदर्शन तल थियो । उनले नेयमारलाई अहिले ब्राजिलको उत्कृष्ट खेलाडी भएको पनि बताए।

‘तर हामीले ३० मिनेटको खेलका आधारमा नेयमारलाई प्रश्न गर्न मिल्दैन। उनले खेल जीवनभर के गरे त्यो हेर्नुपर्दछ,’ उनले थपे, ‘तर विश्वकप त्यस्तो ठूलो मौका हो। जहाँ माफी दिन कठिन हुन्छ।’ 

विश्व कप अन्तिम चरणमा पुगिरहँदा ब्राजिलियन स्टारले रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको ठाँउ लिने विश्वास गरिन्छ। रोनाल्डो रियल छाड्दै हालै इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन्। यद्दपी आउने सिजन नेयमार रियल जानेछन् वा पेरिस सेन्ट जर्मेनमै रहनेछन् त्यसका लागि भने केही समय कुर्नुपर्ने हुन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।