शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले प्रवेश गरेका जनप्रतिनिधिको पद जोगियो, प्रचण्डको भ्याकेट निवेदन खारेज

एमाले प्रवेश गरेका जनप्रतिनिधिको पद जोगियो, प्रचण्डको भ्याकेट निवेदन खारेज

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डको भ्याकेट निवेदन बमोजिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौ- नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरूको पद जोगिएको छ। एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गराएको भ्याकेट निवेदन खारेज भएसँगै उनीहरूको पद तत्कालका लागि जोगिएको हो।

triton college

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डको भ्याकेट निवेदन बमोजिम आदेश जारी गर्न अस्वीकार गरेको हो। 

फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र एकतापूर्वकै अवस्थामा फर्किएपछि एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई माओवादी केन्द्रले कारबाही गरेको थियो। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत १४ जनप्रतिनिधि माओवादी केन्द्रको कारबाहीमा परेका थिए। त्यसविरुद्ध अदालत पुगेका जनप्रतिनिधिलाई तत्काल कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। 

उक्त आदेश खारेजीको माग गर्दै प्रचण्डले दिएको भ्याकेट निवदेन नै खारेज भएको हो। 

प्रकाशित: Aug 05, 2021| 20:41 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...