शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय कमिटी बैठकमा नेता नेपालले भने- म एकताको पक्षमा प्रयासरत छु

केन्द्रीय कमिटी बैठकमा नेता नेपालले भने- म एकताको पक्षमा प्रयासरत छु

नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका छन्।

triton college

बिहीबार आफू पक्षको केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताए। केही विषयमा सहमति भएको उल्लेख गर्दै नेता नेपालले अझै केही विषयमा वार्ता गरिरहेको बताएको नेता रघुजी पन्तले जानकारी दिए। वरिष्ठ नेता नेपालले सहमतिको निम्ति वार्तामा अझै पनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले जानकारी दिए। उनले भने, ‘एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको छ। केही सहमति भएका छन्, केही विषयमा अझै वार्ता जारी छ। यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौं। एकता हाम्रो इच्छा हो। अहिलेसम्म वार्ताबाट आएका सहमतिहरु त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौं। प्रयासरत छौं भनेर भन्नुभो।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भीम रावलले १० बुँदे सहमतिको सम्बन्धमा ब्रिफिङ गरेका छन्। संस्थापन पक्षले पार्टी सदस्यता नवीकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नवीकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको जानकारी दिएको नेता पन्तले बताए। पन्तले एकताको पाइला सकारात्मक रुपमा अगाडि बढेको जिकिर गरे। 

उनले भने, ‘सदस्यता नवीकरण गर्नेलगायत सबै कुरा एकताको प्रक्रिया टुंगिसकेपछि जेठ २ को कमिटीको बैठक बसिसकेपछि गर्ने हो, स्थगित गर्नुस् भनेर हाम्रो तर्फका कार्यदल संयोजक भीम रावलले भनेको र त्यस सम्बन्धमा सकारात्मक पाइला चाल्ने जवाफ पाएका छौं। १० बुँदे सहमतिबारे विस्तृत जानकारी गराएर कार्यदल संयोजक भीम रावललले बुँदाबुँदामा व्याख्या गर्नुभयो। हामी एकतातर्फ अगाडि गइरहेका छौं। एकतातर्फ हाम्रा पाइलाहरु सकारात्मक रुपले अगाडि बढिरहेका छन्। दुवै पक्ष एउटा समझदारीमा आउने हाम्रो विश्वास छ। वार्ता अझै जारी छ। दुवैतर्फको वार्ता टोली सम्वादमा छन्।’

सञ्चारकर्मीको प्रश्नमा नेता पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताए। उनले भने, ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौं, एमालेमा छौं, प्रतिपक्षमा छौं।’

corrent noodles
Metro Mart

वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको पन्तले बताए। त्यस्तै बाढी, पहिरोपीडित जनतालाई गास, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता पन्तले बताए।

बिहीबारको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको पन्तले बताए। पन्तका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ११ बजे बस्नेछ।

प्रकाशित: Aug 05, 2021| 19:38 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...