शनिबार, वैशाख १५, २०८१

खोलामा बाढी, धान रोप्ने खेत सुख्खा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इनरुवा- सुनसरी सदरमुकाम इनरुवा-९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धान रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । 

जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उनलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । उनी जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ । 

असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ । जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी, देवानगञ्ज गाउ, हरिनगरसहितका आधा दर्जन गाउँपालिकामा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए ।  

जिल्लाका नदीखोलामा केही दिनयता बाढी आएको भए पनि धेरै किसानलाई धान रोपाइँ गर्न समस्या भएको गुनासो कृषकको छ । जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको दाबी गरे पनि नहर मर्मत नभएको, मर्मत भए पनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताउनुभयो । जिल्लामा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पका रुपमा भूमिगत पम्पसेट ९बोरिङ० लगाएर भए पनि धान रोपाइँ गर्ने सोचमा कृषक रहेका छन् । एकातर्फ जन मजदूरको अभाव, अर्कोतर्फ मलको अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयमा धान रोप्ने खेतमा पानी नहुँदा झन तनाव बढेको बताएका छन् । 

धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छोड्नका लागि कृषकले माग गरेका छन् । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।